arrow

युभेन्ट्सलाई दुई अंक उपहार, रोनाल्डोले थपे गोल 

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
jubentes.jpg

काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले दुई अंक उपहार पाएको छ । खेलको इन्जुरी समयमा नापोलीका खेलाडी कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्स विजयी भएको हो ।

Gonzalo Higuain scored against his former club as Juventus beat Napoli in a seven-goal thriller 

खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । खेलको १६ औंं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । 

Giovanni Di Lorenzo celebrates after making the scoreline 3-3 during the Serie A encounter

१९ औं मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३–० को स्थितिमा पुर्याएका थिए ।

Di Lorenzo celebrates with his Napoli team-mates after they thought they were going to draw

तर लगातार तीन गोल गर्दै नापोली खेलमा फर्कियो ।

Douglas Costa (2nd left) is congratulated by his Juve team-mates after setting up the opener

६६ औं मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्राएका थिए ।

Costa was on hand for Danilo (left) to convert from close range for the Serie A champions

८१ औं मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

Juventus' assistant manager Giovanni Martusciello took charge with boss Maurizio Sarri ill


शनिबारको अन्य खेलको नतिजा 
एसी मिलान १–० ब्रेस्सिया

अंक तालिका 
२ खेलबाट ६ अंकको डिफेन्डिङ च्याम्पियन युभेन्ट्स शीर्ष स्थानमा छ । बोलोग्ना ४ अंकसहित, इन्टरमिलान, लाजियो, एट्लान्टा, टोरिनो, युनिनेस्, एसी मिलान, नापोली र ब्रेस्सियाको समान ३–३ अंक छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ