arrow

हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती  

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
lutera-farar-news.jpeg

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा शनिबार राति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।   
  
 जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ–नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।   
  
 उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।     

 साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उहाँलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । 

राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ