arrow

पाश्चात्य प्रभावमा हाम्रो माटोमा नेगेटिभ उर्जा विस्तार हुँदैछः डा. चारुदत्त प्रभाकर पिंगले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ भदौ १५ आइतबार
dr-charudatta.jpg

काठमाडौं । डा. चारुदत्त प्रभाकर पिंगले, नाक-कान-घाँटी रोग विशेषज्ञ हुन्। उनि चिकित्सा महाविद्यालय लातुर पन्भेलमा प्राध्यापक थिए। उनी ईएनटी फ्याकल्टिका मास्टर अफ सर्जन एमएस हुन् ।

सन् १९९६ मा उनले सनातन संस्थाको संस्थापक परात्पर गुरु डा. जयंत बालाजी आठवलेजीको मार्गदर्शनमा साधना आरम्भ गरे। १९९९ देखि डा. पिंगले हिन्दू संस्कृतिको उत्थानको लागि पूर्णकालीन कार्यरत छन्।

डा. पिंगले सन् १९९९ देखि २००२ सम्म दैनिक सनातन प्रभात र पश्‍चिम महाराष्ट्र आवृत्ति पत्रिकाको सम्पादक रहिसकेका छन्। ईश्‍वरप्राप्तिको तीव्र चाहना, शरणागतभाव र नम्रता आदि विशेषता युक्त डा. चारुदत्त पिंगलेलाई सन् २०१२ मा सनातन संस्थाले २२ औँ सन्त घोषित गरेको छ। उनि अनेक धर्मप्रेमीहरु र साधकहरुलाई साधनाको बिषयमा मार्गदर्शन गदर्छन्। डा. चारुदत्त पिंगलेजीले, कुम्भमेलाको महत्त्व एवं पवित्रताको रक्षा,  श्री गंगाजीको महिमा, गुरुकृपायोगानुसार साधना, धर्मशिक्षण फलक, देवनदी गंगाको रक्षा गर ! आदि ग्रन्थहरुको संकलन पनि गरेका छन्।

वर्तमानमा हिन्दू जनजागृति समितिको राष्ट्रिय मार्गदर्शक उनले सम्पूर्ण भारतमा हिन्दू संगठन र धर्मजागृतिको लागि कार्य गरिरहेका छन्। हिन्दू राष्ट्रको स्थापनाको उद्देश्यले गोवामा अहिलेसम्म भएको तीन अखिल भारतीय हिन्दू अधिवेशनको आयोजना उनको नेतृत्वमा भएको छ।

इन्डियन इन्स्टिट्यूट अफ ओरिएन्टल हेरिटेज नाम गरेको अन्तराष्ट्रीय शोधसंस्थाले उनलाई फरवरी २०१५ मा हिन्दू संस्कृतिको संवर्धन कार्यमा योगदान गरेकोमा जीवन गौरव पुरस्कारबाट सन्मानित गरिसकेको छ। उनै डा. पिंगलेसँग गरिएको कुराकानीको अंशः

तपाई तथा तपाई संलग्न संस्थाहरु के गरिरहेको छ ? 

हामी धर्म के हो, शास्त्र के हो, ऋषिमुनीहरुले के भनेका छन् त्यो बुझाउदै छौ। हामी समाजमा ज्ञान बाँडिरहेका छौं। हाम्रो सभा, बैठक हुन्छ । जिल्ला प्रान्तीय स्तरीय हिन्दु अधिवेशन हुन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय अधिवेशन गर्छौ। हिन्दुहरुको वैश्वीक समस्या के छ, हिन्दुहरुलाई एकिकृत गरेर यस बिषयमा के प्रयास गर्न सकिन्छ, आ आफ्नो राष्ट्रको लागि के प्रयास हुन्छ, जिल्लामा आफ्नै समस्या हुन्छ त्यसको लिस्ट गरेर त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? त्यो दृष्टिबाट सरकारलाई क्रियाशिल राख्छौ । सरकारलाई ज्ञापन पत्र बुझाउछौ, आन्दोलन गर्छौ। कतै लिगल नोटिस दिन्छौ । जहा सम्भव छ जहाँ त्यहा संविधान अनुसार र सत्संग दिएर, धर्मको शिक्षा दिएर, धर्म सभा गरेर, जहाँ जे सम्भव छ त्यो माध्यमबाट मानिसलाई धर्मप्रति जागृत गरिरहेका छौ। 

हामीले ३०० भन्दा माथि ग्रन्थ छापेका छौं। जस्तै धर्ममा बस्त्रको बारेमा के व्याख्या छ त्यसको लागि हामीसँग प्रत्येकको बारेमा एक एक ग्रन्थ छ। अहंकार  के हो यसको बारे के भनिएको छ? यस बिषयमा पनि हाम्रो अलग्गै ग्रन्थ छ। धर्मले हाम्रो भोजनको बारेमा के भनेको छ त्यसै बिषयमा ग्रन्थ छ। पंचच्युर पुजा के हो त्यस बारेमै ग्रन्थ छ । तिहारको बिषयमा,  सोह्र संसारको बारेमा, आहार साहाकारी मांसारीको बारेमा के फरक छ  त्यसमा कुन योग्य हो, आहारको बिषयमा ग्रन्थ छ। बालबालिकालाई कस्तो संस्कार दिने त्यस बिषयम नै ग्रन्थ छ। अध्ययन कसरी गर्ने त्यसमा पनि ग्रन्थ छ। आयुर्वेदको बिषयमा धर्मान्तरण कसरी रोक्ने त्यस बिषयमा ग्रन्थ छ । धर्मान्तरणलाई कसरी शुद्धिकरण गर्ने त्यस बिषयमा ग्रन्थ छ । हिन्दु धर्मको व्याख्या हिन्दुव्याख्या कुन कुन शास्त्रबाट आएका छन् त्यसमा के भनेको छ त्यसमा पनि ग्रन्थ छ । भारतको परिप्रेक्ष्यमा हिन्दुराष्ट्र स्थापना गर्न किन आवश्यक छ त्यसमा ग्रन्थ छ । शंकराचार्य के भन्छन् त्यसको बारेमा हाम्रो गुरुदेवले ग्रन्थ बनाउनुभएको छ । मृत्यु के हो, मृत्यु संस्कार के हो, मृत्यु पछि शवलाई दक्षिण उत्तर किन राखिन्छ?  दियो कसरी जलाउने? शास्त्रले भने अनुसार गरे के हुन्छ नगर्दा के हुन्छ भनेर ग्रन्थ मार्फत जानकारी गराइरहेका छौ। शास्त्र विपरित गरेर हामी आफ्नै परिवारका सदस्यको नोक्सान पुर्‍याइ रहेका छौ । भगवान गणेशलाई रातो फुल, शिवलाई वेलपत्र नै किन चढाउने, हनुमान, श्रीरामलाई कसरी पुजा गर्ने आदि सबै विधिका पुस्तक हामीले प्रकाशित गरेर आम नागरिकमा पुर्‍याउन लागिपरेका छौ।  

के यी सबै विधि जुन छन् ती पुरा नगरे अनिष्ट हुन्छ ?

अनिष्ट हुन सक्छ किनभने त्यहाँबाट जुन उर्जा आउँछ त्यसले प्रभाव पार्छ।  जस्तै विद्धुतको तारलाई छोएपछि जस्तो हुन्छ त्यस्तै त्यहँबाट आउने परिणाम हामीले थाहा पाउदैनौ। तनाव आउनु, रिस बढ्नु, स्वभाव बदलिनु यी परिणाम भइरहेका हुन्छ तर हामीलाई थाहा हुँदैन के भइरहेको छ। 

यसबाट मानवको क्रियामा शुद्धता आउनेछ ?

हो यसबाट मानिसमा शुद्धता आउनेछ । विश्ववाट जुन पोजेटिभ उर्जा चाहिएको हो त्यो हामी एन्टिना बनेर ग्रहण गर्न सक्नेछौ । अहिले मानिसहरु नेगेटिभ नै ग्रहण गरिरहेका छन् । यसबाट हामी भित्र जुन दुई पोजेटिभ र नेगेटिभ एन्टिना छन् ती मध्ये नेगेटिभ निस्क्रिय भएर पोजेटिभ सक्रिय हुनेछ । यो नगर्नाले नेगेटिभ सक्रिय भएर पोजेटिभ एन्टिना निस्कृय हुन्छ । 

यो जागरण हिन्दु समाजको लागि मात्र हो कि सम्पूर्ण समाजको लागि हो ? 
जो पढ्न चाहन्छ जो जीवलाई आनन्दित बनाउन चाहन्छ ती सबैका लागि हुन् । यदि कोहि यो हिन्दुको हो भनेर पढ्न चाहदैन भने त्यो उनिहरुको कुरा हो । यसमा सबै सम्प्रदायको बारेमा भनिएको छ । कुनै व्यक्तिलाई भनिएको छैन् । तपाई जन्मदिन कसरी मनाउने, हात किन नमिलाउने, नमस्कार नै किन गर्ने पुरा सम्प्रदायको लागि हो । 

हिन्दुमा विधिहरु छन् त्यसै गरी मुसलमान र क्रिश्चियनमा पनि त विधिहरु छन् यही कसरी ठिक ? 
धर्म, सम्प्रदाय र रिलिजन त्यसलाई तपाई अस्फोर्डमा ब्राउज गर्नुहोस त्यसबाट तपाईलाई थाहा हुनेछ फरक के छ । क्रिश्चियन भन्छन् हाम्रो रिलिजन हो, इस्लाम भन्छन् हाम्रो मजब हो धर्म हैन। उनिहरु नै मान्दैनन भने हामी जबर्जस्ती किन भन्ने कि तपाईको धर्म हो भनेर। यो हाम्रो गल्ती हो उनिहरुको होइन । यहि कुरो बाइवलमा पृथ्वी चौडा भनिएको छ र पृथ्वी एक स्थानमा छ र सूर्य घुमिरहेको छ यो लेखिएको छ । त्यसलाई तपाई सत्य मान्नुहुन्छ भने हामीमै केहि कमी हुनुपर्छ । 

तेस्रो कुरा हामीले भनेका छौ कि स्कानिङ मेशिन,  एनर्जि स्कानिङ मेशिन जस्ता धेरै मेशिनहरुको विज्ञानले विकास गरेको छ । उनको विधि गरेर स्कानिङ गरेर हेरौ पोजेटिभ वा नेगेटिभ छ त्यसलाई हेरौ । त्यस्तै हिन्दु धर्मको विधि गरेर हेरौ पोजेटिभ वा नेगेटिभ छ त्यसबाट थाहा पाउनुहुनेछ । पहिले क्रिनियल फोटोग्राफि मेशिन थियो त्यसपछि धेरै मेशिनको विकास भएका छन् त्यसमा हामी परिक्षण गर्न सक्छौ । तय चाहि तपाईले नै गर्ने हो विधि कुन रोज्ने भनेर । 

हामीले एक सामान्य परिक्षण गरेका छौ । हाम्रा केहि मानिसहरु दुवईबाट आएका थिए कोहि साउदीबाट, कतारबाट, इङल्याण, अमेरिकाबाट। हामीले सबैसँग त्यहाँको माटोको नमुना मगायौ । त्यसलाई लेभल गर्‍यौ र वाइट ह्यान्ड बल्भमा हाल्यौ, अब भित्र माटोको लेभल छ सबैलाई ए, बी सी, डी नम्बर दियौ । त्यसपछि ए को स्क्यान गर्‍यौ बी को स्क्यन गर्‍यौ सी को गर्‍यौ । त्यसबाट हामी के निस्कर्षमा पुग्यौ भने विश्वका प्राय सबै देशहरुका माटो नेगेटिभ छ । हाम्रो शास्त्रमा वर्ण गरिएको छ समुन्द्र पार गरेर विदेश जानु हुँदैन। त्यसको कारण के हो यसबाट पनि बुझ्न सकिन्छ । भारत र नेपाल यो जुन देव भुमि, ऋषिहरुको भुमि, अवतारहरुको भुमि छ। यहाँको माटो मात्र पोजेटिभ छ । त्यो पनि केहि तिर्थ क्षेत्रको मात्र । अहिले जहा पश्चात्य संस्कृतिको विस्तार भइरहेको छ त्यहाँको माटो पनि नेगेटिभ हुदै गएको छ । भोलि काठमाडौको माटो पनि नेगेटिभ हुन सक्छ । पशुपतिनाथ जहाँ हुनुहुन्छ त्यहाँको पोजेटिभ छ । तर माटो छेउ छाउका मानिसहरुले प्रयोग गरेर नेगेटिभ हुन सक्छ, तर यस्तो हुनुहुदैन । यसकारण धर्मको बारेमा सबैलाई बताएर आचरणमा ल्याउनुपर्नेछ । भारतका पनि धेरै स्थानको माटो नेगेटिभ नतिजा आउन सक्छ जहाँ धर्म बिरोधि मानिस एकिकृत रहन्छन् । 

यसको मतलब कर्मको आधारमा माटोमा प्रभाव पर्छ ?

कर्मको आधारमा तपाईको औरामा प्रभाव पर्छ र तपाईको औराको प्रभाव माटोमा पर्छ । जब बहुसंख्यक मानिसहरुको औरा नेगेटिभ छ भने माटोमा स्वत नै नेगेटिभ प्रभाव पर्छ । 

त्यसो भए माटोको पनि औरा हुन्छ ? 
माटोको पनि औरा हुन्छ । हरेक चिज जे जति तपाई देखिरहनुभएको छ सुनिरहनुभएको छ सबैको औरा हुन्छ । तर ५० बर्ष पहिलेको माटोको औरा के थियो त्यसको हामीसँग रिजल्ट छैन आज र छ महिना पछि के हुन्छ त्यसको रिजल्ट त हामी निकाल्न सक्छौ । ६ महिनामा हामीले कति खराब गर्‍यौ त्यो निकाल्न सक्छौ ।

तपाई नाक, कान, घाटीको डाक्टर हुनुहुन्थ्यो यो क्षेत्रमा कसरी आउनुभयो ? 
साधना गरेपछि मैले आध्यात्मिक अनुभुति गरे। धर्मको बिषयमा जे भनिएको छ त्यसको अनुभुति गरे । तब मलाई लाग्यो धर्मकै कारण मानिस सुखी शान्ति र स्वस्थ हुनसक्छ । यसकारण प्रचारमा आँए । किनकि हाम्रो धर्मले आदि भौतिक आदि आध्यात्मिक र आदि दैविक कारणबाट तपाईको जीवनमा बिरामी आउछ र साधना गर्नाले अध्यात्मिक उपचार गर्नाले तपाई तीनै व्याधिबाट मुक्त हुनुहुन सक्नुहुनेछ । त्यसलाई आयुर्वेदले बताएको छ ।  एलोपेथिले पनि हालै स्वास्थको डेफिनेसनमा 'फिजिकल मेन्टल सोसियल एण्ड स्प्रिचुयल वेलविङ' भनेको छ । तर अहिले पनि विश्व स्वास्थ्य संगठन र पश्चिमा मानिसहरुलाई आध्यात्मिक स्वास्थ्यको बारेमा अझै थाहा छैन । यही भारत नेपालका मानिसहरु नै यसको अनुभव गरिरहेका छन् । र यिनीहरुले नै विश्वलाई स्प्रिचुयल हेल्थ दिन सक्नेछन् । यसैकारण धर्मलाई आरोग्यको दृष्टिबाट र धर्मलाई समाज र राष्ट्रको दृष्टिबाट दिन सकिन्छ,  त्यसैको प्रचार प्रसारमा जुटेका छौ ।

अन्तमा आनन्द र शान्ति ?
मानिसले जे जति गरे पनि अन्तमा आनन्द र शान्ति नै चाहन्छ त्यसैको लागि धर्मको मार्गमा हिड्न आवश्यक छ । पैसा छ भन्दैमा भोजन खान सक्दैन । मधुमेह छ गुलियो खान मिल्दैन। विभिन्न रोग छ केहि खान मिल्दैन । पैसा गाडि भएर पनि राती सुत्न सक्दैन भने त्यसको केहि उपयोग छैन । आनन्द र शान्तिको मार्गमा जाने हो भने धर्मकै मार्गमा जानुपर्छ । र यो नै एक मात्र बिकल्प हो । अन्य कुनै विकल्प छैन । जीवनको अन्त्यमा सबै मार्ग यहि आएर रोकिन्छन् । लोकतंत्र हिन्दू धर्ममा आधारित नहुनाको कारण हिन्दू समाज एवं राष्ट्रको पतन भएको छ । यहि पतन रोक्नको लागि एवं भारतभूमिलाई पुनः वैभव सम्पन्न बनाउनको लागि भारतमा धर्मको संस्थापना हुन आवश्यक छ । यस धर्म संस्थापनाको लागि, अर्थात धर्म माथि आधारित हिन्दू राष्ट्र स्थापनाको लागि ७ अक्टूबर २००२ मा हिन्दू जनजागृति समितिको स्थापना भएको हो । सहि समयदेखि आजसम्म हिन्दू जनजागृति समितिले धर्मशिक्षा, धर्मजागृति, राष्ट्ररक्षा, धर्मरक्षा एवं हिंदूसंगठन, पाँचसूत्रको सफलतापूर्वक कार्यान्वन गरिरहेको छ। हिन्दू समाजलाई धर्मको शिक्षा दिनको लागि समितिले भारतमा १६० भन्दा अधिक धर्म शिक्षा वर्ग चलाएको छ । यस अतिरिक्त हिन्दुहरुको आफ्नो घरमा नै धर्मको शिक्षा मिलोस भनेर सनातन संस्था र हिन्दू जनजागृति समितिले धर्म सत्संगहरुको ३६७ भागमा रचना गरेको छ ।

धर्मसत्संग ३ राष्ट्रिय एवं ८० से अधिक स्थानीय दूरदर्शन प्रणालीबाट प्रसारित गरिएको छ । हिन्दुहरुको आगामी पीढीलाई धर्मको शिक्षा मिलोस, यसको लागि समितिद्वारा २०० स्थानहरुमा बाल संस्कार वर्गको आयोजन गरिएको छ ।देवताहरुको निरादर, मन्दिहरुको असुरक्षा, मन्दिरको सरकारीकरण, सार्वजनिक उत्सवहरुमा हुने अनाचार, सन्तहरुको निंदा, सरकारको हिन्दुद्रोही अधिनियम, लव जिहाद, धर्म-परिर्वतन, गंगाप्रदूषण, गोहत्या इत्यादि धर्महानिको विरुद्ध समिति आन्दोलन गरिरहेको छ, अथवा धर्मजागृतिसँग सम्बन्धित अभियान चलाइ रहेको छ। महाराष्ट्रमा अंध श्रद्धा निर्मूलन तथा मन्दिरको सरकारीकरण, यी हिन्दुविरोधी अधिनियमहरुको विरुद्ध जनजागृति गरिरहेको छ। परिणामस्वरूप, भारत सरकार २ लाख मन्दिरलाई सरकारीकरणको प्रस्तावबाट पछि हटेको र अंधश्रद्धा निर्मूलन अधिनियमको २७ मा १६ हिन्दुविरोधी धाराहरुलाई निरस्त गरि, एक अध्यादेशको माध्यमबाट यसलाई महाराष्ट्रमा लागू गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ