- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सागरनाथ वन बिकास परियोजनाले बगमती नगरपालीकास्थित अतिक्रमणमा परेको करिव ८०० हेक्टर जग्गा खाली गराई वृक्षारोपण सुरु गरेको छ । परियोजनाको बुढी बागमती खन्डमा अतिक्रमनमा परेको करिव ८०० हेक्टर जमिन खाली गराई बृक्षारोपण गर्न थालिएको हो ।
बल प्रयोग गरि खालि गरि जमिनमा तारवार गरि बृक्षारोपण भईरहेको परियोजना प्रमुख देवेशमणी त्रिपाठीले जनाकारी दिए । यसै गरि बिभिन बाहानामा अतिक्रमणमा परेको जमिन खाली गदै जाने परियोजनाले जनाएको छ ।
धारासायी बन्दै गएको परियोजनाको साख फर्काउनै भएपनि अतिक्रमणमा परेको जमिन खाली गरिने परियोजनाले जनाएको छ ।
बिगतमा बिभिन्न राजनीतिक स्वार्थ पूर्ती गर्ने निउमा परियजनाको जमिन अतिक्रमणमा परेको थियो ।