arrow

चौथो एशेज टेष्ट अगाडि आर्चर र स्मिथको वाकयुद्ध

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
archer-smith.jpg

एजेन्सी। चौथो एशेज टेष्ट शुर हुन भन्दा अगाडी अष्ट्रेलिया र ईङल्याण्डले मनोवैज्ञानिक युद्ध शुर गरेका छन्। पाँच टेष्टको श्रृखंला १-१को स्थितीमा रहेको छ। पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने दोस्रो टेष्ट बराबरीमा सकिएको थियो। तेस्रो टेष्टमा ईङल्याण्ड १ रनले बिजयी भएको थियो।

दोस्रो टेष्टमा जोफ्रा आर्चरको बलमा अष्ट्रेलिका प्रमुख ब्याटसम्यान स्टिव स्मिथ टाउकोमा बल लागेर खेलबाट बाहिर रहेका थिए। उनले तेस्रो टेष्टमा सहभआगिता जनाएका थिएनन्।

उनलाई आर्चरको बलदेखि डर लाग्छ भन्ने प्रश्न गरिएको थियो। सनको उत्तर थियो ‘ स्मरण रहोस् आर्चरले मलाई आउट गर्न सकेका छैनन्’। यस्को जवाफमा आर्चरले भने ‘ आउट हुनलई पहिला खेल्नु पर्छ। उनी तीन पारीमा खेलेका थिएनन्।‘

यसरी वाकयुद्ध र मनोवैज्ञानिक प्रभाव पार्ने खेल एशेजमा पुरानो हो। हरेक श्रृखंलामा केहि न केहि वक्त्वयबाजी भैरहेकै हुन्छ। बिपक्षीलाई दवाबमा राख्न पनि यस्ता मनोवैज्ञानिक खेल खेलिन्छ।

दोस्रो टेष्टदेखि खेलेका आर्चरले श्रृखंलामा राम्रो बलिङको प्रदर्शन गरिरहेका छन्। यसैगरि स्मिथ पनि सबैभन्दा बढि रन बनाएर श्रृखंलामा अगाडि रहेका छन्। ईङल्याण्डलाई स्मिथलाई स्सतोमा आउट पार्ने दाउ रहेको छ भने अष्ट्रेलियालाई पनि आर्चरलाई विकेट नदिने चाहाना रहेको छ।

आर्चरको भन्छन ‘खेलमा मेरो लक्ष्य भनेको ब्यट्सम्यानलाई आउट गर्नु हो। त्यस्का लागि म जे पनि गर्छु’। उनको बाउन्सर र रफ्तारलाई लिएर गरिएको प्रश्नमा उनले बोलेका छन्। टाउकोमा बलले लागेपछि स्मिथले आफुलाई ‘नेक गार्ड’ भएको हेल्मेट लाउन अफ्ठ्यारो लाग्ने बताएका छन्।

‘ मलाई एमआरआई मशिनमा छिर्ने बेलाको जस्तो अनुभव हुन्छ नेक गार्ड सहितको हेल्मेटले’। हुनत: म लगायत सबैले ‘नेक गार्ड सहितको हेल्मेट लाउने बानी गर्नु पर्छ । सायद उनी चौथो टेष्टमा पनि ‘नेक गार्ड’ बिनाको हेल्मेट लाएर पिचमा उत्रिने छन्। चौथो टेष्ट ४ सेप्टेम्बर देखि शुरु हुँदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ