arrow

सलमानले रानु मण्डललाई घर र 'दबंग' 'मा गाउने मौका दिएको चर्चा, हल्लाले खायो बजार

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
salman-ajit.jpg

काठमाडौं । केहि समयअघि सडक र स्टेशनमा गाउने ५९  बर्षेय रानु मण्डलको जीवन रातारात परिवर्तन भएको छ। पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा, रानु मण्डल लता मंगेशकरको गीत 'एक प्यार का नगमा हे' गाउँदै थिइन् , त्यहाँ गीत सुनिरहेका अतिन्द्र चक्रवर्तीले एक भिडियो बनाएर फेसबुकमा शेयर गरे। तीनै रानु आज चर्चाको शिखरमा छिन् ।

 रानु मण्डलको चर्चा भएपछि धेरै किसिमका समाचारहरू आएका छन् ।  जसमध्ये केही सत्य र केही अफवाह छन्। पछिल्लो समय सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको  र फिल्म 'दबंग' 'मा गाउने मौका दिएको  एउटा समाचार सोशल मीडियामा भाइरल भएको छ ।  

 यसको बारेमा अतिन्द्र चक्रवर्तीले सत्य कुरा खोलेका छन्। रानु मण्डल प्रख्यात भएपछि अतिन्द्र हाल म्यानेजरको रुपमा काम गरिरहेका छन। भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अतिन्द्रले त्यस्ता कुनै पनि समाचारलाई सत्य नरहेको बताए ।

अतिन्द्रले भने,'यो सबै गलत समाचार हो। मैले यस्ता अफवाहहरूको धेरै फोन कलहरू प्राप्त गरें। न त सलमान खानले उनलाई घर दिएका छन् न त उनलाई कुनै प्रस्ताव आएको छ। वास्तवमा रानाघाट स्थानीय प्रशासनले रानु मण्डललाई घर दिएको छ। जुन च्यानलले उनलाई स्थानीय प्रशासनसँग मिलेर प्रत्यक्ष प्रसारणको अवसर दिएको छ उनिहरुले नै आधार कार्ड बनाउन सहयोग गरेका छन्। '

रानु मण्डललाई क कसले कामको लागि प्रस्ताव गरे भन्ने प्रश्नमा उनले भने '  एक दिन अघि मात्रै एआर रहमानको अफिसबाट हामीलाई फोन आएको थियो। सोनू निगम पनि रानु मण्डलसँग गीत गाउन चाहन्छन्। अहिले हामी यसमा ध्यान दिइरहेका छौं।

 रानु भन्छिन्  'राम्रो दिन होस् वा खराब दिन, संगीतले मलाई सँधै प्रेरित गरेको छ। मलाई गीत मन पर्छ। मैले गर्न सक्ने यो मात्र एकै कुरा हो। लता मंगेशकर जीका गीतहरूले मलाई सँधै प्रेरणा दिन्छ। अतिन्द्रले मेरो भिडियो नबनाउदासम्म मेरो जीवन धेरै गाह्रो थियो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ