arrow

विवादित उर्वशीसँग नजिकिदै शाहरुख, तनावमा गौरी

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
shah-rukh-khan__145948890.jpg.jpeg
एजेन्सी । गौरी खान आफ्नो श्रीमान् शाहरुख खान र मोडल उर्वशी रौतेला नजिक भएपछि तनावमा रहेकि छिन् । केही दिन पहिले दुबइमा भएको एक अवार्ड समारोहमा शाहरुख र उर्वशीविच देखिएको निकटताले धेरैलाई सोच्न वाध्य बनाएको थियो ।  उर्वशी श्रीमति गौरी जस्तै देखिने भएकाले गर्दा पनि शाहरुख उनीसँग नजिक भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार शाहरुख उर्वशीप्रति बढीनै लगाब रहेको पाडन्छ । उर्वशी साहरुखका जेठा छोरा आर्यन भन्दा ३ बर्ष जेठी छिन् ।
 
केही बर्ष अगाडि नायक शाहरुख खान र नायिका प्रियंका चोपडाको सम्बन्धले  मिडियामा खुबै स्थान पाएको थियो । तर, यो बिषयमा  शाहरुख र  प्रियंका दुबैले बोलेनन् । त्यस समय शाहरुख र प्रियंकाको सम्बन्धले  गौरी खान तनावमा थिइन्  । मिडियाले साहरुख र गौरीको डिभोर्स हुने सम्मका खबर प्रकाशित गरेका थिए । तर, साहरुख र गौरीको सम्बन्ध २५ बर्षदेखि चलिरहेको छ ।
 
२२ बर्षकी उर्वशीले सन् २०१५ मा ‘मिस इन्डिया’को ताज जितेकी हुन् । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘सनम रे’ बक्स अफिसमा सफल रह्यो ।  उर्वशीको करिअरमा  विवादहरु पनि रहेका छन् ।  सन् २०१२ मा ‘मिस यूनिभर्स इन्डिया’ बन्दा उनले आफ्नो उमेर घटाएकाले उनि बिवादमा रहिन्  । गतबर्ष उनले ८ लाख बराबरको कर नतिरिएको गरगहना लिएर जादै गर्दा मुम्बई विमानस्थलमा समातिएकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ