arrow

दुई गोल गरेका बेलले खाए रातो कार्ड 

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
bale.jpg

काठमाडौं । स्पेनिश लिग फुटबलमा रियाल मड्रिडले भिल्लारियलसंग बराबरी खेलेको छ । आइतबार राति भिल्लारियलको मैदानमा भएको खेलमा रियालले २–२ गोलको बराबरी खेलेको हो । 

Gareth Bale struck late on at Villarreal to secure a point for Real Madrid on Sunday

ग्यारेथ बेलले दुई गोल गर्दै रियाललाई बराबरीमा ल्याएका हुन् । खेलको १२ औं मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो । 

Madrid forward Bale cut on to his favoured left foot and fired into the bottom near corner

पहिलो हाफको ईन्जुरी समयमा बेलले बराबरी गोल फर्काएका थिए ।

गोमेज बर्डोनाडोले ७४ औ मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छदाँ बेलले व्यक्तिगत गोल गर्दै रियाललाई हारबाट जोगाएका थिए ।

Bale tapped into an empty net from close to equalise for Madrid on the stroke of half time

तर ईन्जुरी समयमा बेल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे ।

The Welshman celebrates with his team after bringing them level just before the interval

अन्य खेलको नतिजा 
भ्यालेन्सिया २–० मयोर्का 
एथलेटिको मड्रिड ३–२ आइबार
स्पानियोल ०–३ ग्रानाडा

Gerard Moreno smashed past Thibaut Courtois to open the scoring in the 12th minute

अंकतालिका 
तेस्रो चरणको समाप्तिसम्म एथलेटिको ९ अंकबाट शीर्ष स्थानमा छ भने एथलेटिक बिलबाओ र सेभियाको ७–७ अंक छ ।

तेस्रो स्थानमा लेभान्ते ६ अंकसहित रहेको छ । रियाल मड्रिड, ओसासुना र डेपोर्टिभोको समान ५–५ अंक रहेको छ । 

बार्सिलोना, ग्रानाडा, भ्यालेन्सिया, सेल्टाभिगो, रियाल भल्लाडोलिड र रियाल सोसिडाडको समान ४–४ अंक रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ