arrow

क्लिनस्वीपतिर भारत, विहारीको आकर्षक ब्याटिङ

रिसभ पन्तले बनाए रेकर्ड

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
hanuma-vihari.jpeg

काठमाडौं । हनुमा विहारीले आकर्षक ब्याटिङ गरेपछि भारत वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा फराकिलो जित नजिक पुगेको छ । 

हनुमा विहारी ने करियर का पहला शतक लगाया।

विहारीले पहिलो इनिङमा सतक र दोस्रो इनिङमा अर्धसतक बनाएका छन् । भारतले ४१६ रन बनाउँदा विहारीले १११ रन बनाएका थिए भने दोस्रो इनिङमा ४ विकेटको नोक्सानीमा १६८ रन बनाएर इनिङ समाप्ति गर्दा विहारीले नटआउट रहँदै ५३ रन बनाए । 

इशांत शर्मा ने वेस्टइंडीज के सलामी बल्लेबाज क्रेग ब्रैथवेट को आउट किया।

वेष्ट इन्डिजले पहिलो इनिङमा ११७ रन बनाएको थियो । जसप्रित बुमराहले २७ रन दिएर ६ विकेट लिएका थिए । 

वेस्टइंडीज के रहकीम कॉर्नवाल का विकेट लेने के बाद जश्न मनाते शमी।

उनले ह्याट्रिकसहित ६ विकेट लिएका हुन् । त्यसैगरी रिसभ पन्तले पनि एउटा रेकर्ड बनाएका छन् । 

जसप्रीत बुमराह ने पहली पारी में हैट्रिक समेत 6 विकेट लिए।

पन्तले ११ टेष्टमा ५० आउटको रेकर्ड बनाएका हुन् । मार्क बाउचर, जोनी बेयर स्ट्रो र टिम पाइनेले १० टेष्टमा यो उपलब्धि पाएका थिए । 

एडम गिलक्रिष्टले ११ खेलमा यो रेकर्ड बनाउँदा महेन्द्र सिंह धोनीले १५ खेलमा मात्र ५० आउट गरेका थिए । 

वेस्टइंडीज के जेसन होल्डर ने पहली पारी में 5 विकेट लिए।

४६८ रनको विजयी लक्ष्य पाएको वेष्ट इन्डिजले तेस्रो दिनको समाप्तिसम्म २ विकेटको नोक्सानीमा ४५ रन बनाएको छ । 

मयंक अग्रवाल के खिलाफ एलबीडब्ल्यू की अपील करते केमार रोच।

किंगसटनमा जारी खेल विजयका लागि वेष्ट इन्डिजले अझै ४२३ रन बनाउनु पर्नेछ । 

पहिलो खेल सजिलै जितेको भारतले दोस्रो खेल पनि जितेर क्लिनस्वीप गर्न चाहन्छ । 

रोस्टन चेज को आउट करने के बाद बुमराह के साथ कोहली।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ