अमिताभ मृत्युबाट बाचेपछि घरमा गणेशको विशेष पुजा

प्रकाशित मिति : २०७६ भदौ १६ सोमबार

काठमाडौं ।  धेरै बलिउड स्टारहरुले आफ्नो घरमा गणेश भगवानको मूर्ति स्थापना गरेका छन्। बलिउड महानायक अमिताभ बच्चनको घरमा अझ बिशेष गरि मनाउने गरिन्छ ।  सन् १९८२ मा अमिताभ बच्चन सुटिङ्गको क्रममा भएको दुर्घटनापछि घर फर्किए सो समय जया बच्चन गणपतिको ढोकामा पुगेकी थिइन् ।

चलचित्र कुल्लीको क्रममा भएकको दर्घटनापछि जब अमिताभ बच्चन सहि सलामत घर फर्किए तब जया बच्चन महाराष्ट्रको सबैभन्दा लोकप्रिय मन्दिर डाग्दुशेठ हलवाई गणपति मन्दिर पुगेकी थिइन् । जया बच्चनले भगवानलाई धन्यवाद दिदै सुनका गहनाहरू चढाएकी थिइन् । यस दुर्घटनापछि अमिताभ बच्चन आफैं पनि यसलाई दोस्रो जन्म मान्ने गरेका छन् । साथै प्रत्येक बर्ष  गणेश भगवानको मूर्ति स्थापना गरि पुजा गर्ने गरेका छन् ।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो। सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।

यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए । अमिताभले अस्पतालमा लगभग २ महिना बिताउनुपरेको थियो। संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर  घर फर्किदा दर्शकहरु सडकमा थिए । तब अमिताभले महसुस गरे कि मानिसहरूले उनलाई कति माया गर्छन् भनेर। मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए।  मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए । यो वास्तविक दृश्यलाई नै  कुल्ली फिल्मको अन्तिम दृश्यको रूपमा राखिएको थियो।

सोहि क्रमम आज पनि चल्दै आएको छ । अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् । उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् । यहि क्रम ३७ बर्षदेखि चल्दै आएको हो ।

नयाँ