arrow

गेल, ब्राभो र सामीको भारत बिरुद्ध जितेपछिको रोचक नाच (भिडियो)

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
WI_Dance_Cricket.jpg.jpeg
काठमाडौं। भारतलाई सेमीफाईनलमा हराएपछि वेष्टईण्डिजले होटलमा नाचेगान गरेको छ। खुशियाली मनाउने क्रममा होटल पुगेपछि कप्तान डारेन सामी, ड्वेयन ब्राभोले पुरा नाच गान गरेका छन्। होटलको लबीदेखि लिफ्टसम्म नाचगान गरेका वेष्टईण्डियन खेलाडीलाई स्टार ब्याट्सम्यान क्रिश गेलले पनि साथ दिएका थिए। 
 
भिडियो: 

 
भारतलाई पराजित गर्दै वेष्टईण्डिज टि-२० विश्वकप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ। संधै झै भारतिय स्टार खेलाडी कोहलीको उत्कृष्ठ प्रदर्शनले पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९२ रनको योगफल खडा गरेको थियो। जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्टईण्डिजले  १९.४ ओभरमा ३ विकेटको क्षतीमा १९६ रन बानउँदै ७ विकेटको जीत हात पारेको थियो। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ