arrow

भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई 

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
india-win1.jpeg

काठमाडौं । भारतले दोस्रो टेष्टमा २५७ रनको फराकिलो जितसहित वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट सिरिज २–० ले क्लिनस्वीप गरेको छ । 

किंगस्टनमा भएको खेलमा चौथो दिनमै सोमबार राति जित निकाल्ने क्रममा भारतले ४६८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजलाई २१० रनमा रोकेको हो । 

समार ब्रुक्सले ५० रन बनाएको इनिङमा रविन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिए । 

शमारा ब्रूक्स अर्धशतक लगाने के बाद रन आउट हो गए।

पहिलो इनिङमा ह्याट्रिकसहित ६ विकेट लिएका जसप्रित बुमराहले १ विकेट मात्रै लिए । 

यसअघि भारतले हनुमा विहारीको १११ रनको मद्धत र कप्तान विराट कोहलीको ७६ रनको सहयोग तथा इशान्त शर्माको रोचक ५७ रनको प्रदर्शनका कारण ४१६ रन बनाएको थियो । 

जीत के बाद दर्शकों का अभिवादन करते कप्तान विराट कोहली।

जवाफमा वेष्ट इन्डिज ११७ रनमा रोकिएको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको नोक्सानीमा १६८ रन बनाएर इनिङ समाप्ति गरेको थियो । 

विहारीले नटआउट ५३ र अजिन्क्या रहानेले नटआउट ६४ रन बनाएका थिए । 

मोहम्मद शमी।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत भइरहेको प्रतियोगितामा भारतले वेष्ट इन्डिजमाथि २–० को जितसहित १२० अंक जोडेको छ । वेष्ट इन्डिजले १ अंक पनि बटुल्न सकेन । 

बुमराह ने ब्लैकवुड का विकेट लिया।

२०२१ मा फाइनल हुनेछ । जसमा ९ टिमबीच भिडन्त भइरहेको छ । 

भारत–वेष्ट इन्डिज समीकरण
भारतले पहिलो पटक वेष्ट इन्डिजलाई लगातार चार टेष्टमा हराएको छ । यसअघि सन् २०१३ र २०१६ मा लगातार तीन टेष्टमा भारतले हराएको थियो । 

जडेजा ने रोस्टन चेज को एलबीडब्ल्यू आउट किया।

भारतको वेष्ट इन्डिजविरुद्ध लगातार ८ औं टेष्ट सिरिज हो । सन् २००२ पछि वेष्ट इन्डिजले भारतलाई हराउन सकेको छैन । 

जडेजा की गेंद पर शॉट लगाने के दौरान जर्मेन ब्लैकवुड।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ