arrow

आइसीसी वल्ड टेष्ट च्याम्पियनसिपमा को अगाडि ? 

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
icc-test-championship.jpg

काठमाडौं । पहिलो पटक भइरहेको आइसीसी वल्ड टेष्ट च्याम्पियनसिप क्रिकेटमा भारत सबैभन्दा अगाडि देखिएको छ । 

सन् २०१९ देखि २०२१ सम्म टेष्ट खेल्ने ९ राष्ट्रबीच हुने टेष्ट च्याम्पियनसिपका सुरुआती दुई खेल जितेर भारत सबैभन्दा अगाडि रहेको हो । 

भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको सिरिज जितेसंगै ६० अंक पाएको छ । न्यूजिल्याण्ड र श्रीलंकाले ६०–६० अंक पाएका छन् । 

दुवैले आपसमा १–१ खेल जितेका छन् भने १–१ खेल हारेका छन् । 

अष्ट्रेलिया र इंगल्याण्डले समान ३२–३२ अंक पाएका छन् । पाँच खेलको सिरिज खेलिरहेका अष्ट्रेलिया र इंगल्याण्डले ३ मध्ये १–१ खेल जित्दा १ खेल बराबरी भएको थियो । 

वेष्ट इन्डिज अंकविहीन छ । दक्षिण अफ्रिका, बंगलादेश र पाकिस्तानले अहिलेसम्म खेलेका छैनन् । 

आसन्न भिडन्त
बुधबारदेखि अष्ट्रेलिया र इंगल्याण्डबीचको चौथो टेष्ट सुरु हुँदैछ । खेल म्यान्चेस्टरमा हुँदैछ । 

पाँचौं तथा अन्तिम टेष्ट १२ सेप्टेम्बरमा लण्डनमा हुनेछ । 

त्यसपछि भारतले दक्षिण अफ्रिकासंग खेल्नेछ । पहिलो टेष्ट अक्टोवर २ तारिखमा विशाखापट्नम (भारत) मा यो खेल हुनेछ । 

भारतले दक्षिण अफ्रिकासंग घरेलु मैदानमा ३ खेलको सिरिज खेल्नेछ । त्यसपछि भारतले बंगलादेशसंग नोभेम्बर १४ देखि टेष्ट खेल्नेछ । भारतले २ खेलको सिरिज बंगलादेशसंग खेल्नेछ । 

पाकिस्तानले टेष्ट च्याम्पियनसिपको पहिलो खेल अष्ट्रेलियासंग खेल्नेछ । पहिलो खेल अष्ट्रेलियाको ब्रिसबेनमा नोभेम्बर २१ देखि हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ