arrow

जिल्ला अस्पताल बझाङको अवस्था फेरिदै

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
bajhang_hospatal_photo.jpg

बझाङ । अस्पतालको सेवा प्रति जनगुनासो आउने बझाङ जिल्लामा अहिले  सुधार भएको छ । अस्पतालमा नियमित डाक्टर बस्ने र अन्य उपचार सेवा पनि राम्रो भएपछि हाल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ भने अस्पताल प्रतिको जनविस्वास पनि बढ्दै गएको छ । अस्पतालमा  आन्तररिक र बाह्रे व्यवस्थापन र बातावरणमा सुधार गरिएको छ ।

जिल्ला अस्पतालमा बर्षौ देखी बिषेसज्ञ डाक्टरहरुको अभावमा हुदै आएको थियो । पछिल्लो समयमा अस्पतालमा सरकारी दरबन्दीका ३ जना डक्टर र निक्साइन संस्थावाट विषेयज्ञ डक्टर ३ जना र प्रदेश सरकार वाट एक जना  डेन्टल सर्जरी डक्टर पठाएपछि अहिले ७ जना डक्टरहरु नियमित विरामी उपचारमा लागेका छन् ।  

जिल्ला अस्पताल बझाडको सेवा अव राम्रो छ अस्पतालका डाक्टर सन्दीप ओखेडाले भने  डक्टरको उपस्थिीती र अन्य सेवा सुविधा राम्रो हुदाँ विरामी खुसी छन् ।  अस्पतालमा  व्लोड बैड्कको मात्र अभाव छ ओखेडाले ने अन्य प्राय उपचार जिल्लामै हामीले गर्दै आएक छौ । अस्पतालको फोहर ब्यबस्थापन , विद्युत ब्यबस्थापन, जनशक्ती ब्यबस्थापन , बालबालिकाहरुका लागी आईसियू ब्यबस्थापन र सल्यक्रिया समेत हुदै गरेको छ ।

अस्पतालमा  बिरामीहरुका लागी शुद्ध खानेपानी , बिरामीहरुका लागी चौताराहरु , प्रतिक्षालयको समेत ब्यबस्था गरिएको र उपचार र अनय परामर्ष राम्रो भएको अस्पतालमा आएका एक विरामी धर्मराज बोहराले वताए । उनले भने अगाडी खासै सेवा ठिक थिएन तर अहिले राम्रो छ । डाक्टरद्धारा सल्यक्रियाको समेत चौबिसै घण्टा सुबिधा हुने भएपछि जिल्लाबासीका लागी उपचारमा धेरै सहज भएको छ ।  

अस्तालको छाना मर्मत  साथै कोठामा टायल र  विरामी चेकजाँच गर्ने  आराम गर्ने अन्य  सुविधा र फार्मेसीको पनि व्यवस्था गरिएको हुदाँ विरामी लाइ सहज भएको छ ।  नियमित डाक्टरहरुको उपस्थिती संगै बिरामीहरुको चाप बढ्न थालेपछि १५ सैयाको जिल्ला अस्पताललाई ५० सैयाको अस्पतालका लागी अर्को भवन पनि र्निमाण गरिद छ ।  

सामान्य उपचारका लागी समेत बाहिरी जिल्ला जानुपर्ने स्थानीयहरुको बाध्यताको समेत अन्त्य भएको छ । स्थानीय सेवाग्राही बिरेन्द्र बिष्टले भने पहिलाको तुलनामा त जिल्ला अस्पतालमा धेरै नै परिबर्तन भएको रहेछ  । अहिले सौविसै घन्टा सुत्केरी महिलाको पनि अप्रेसन हुने व्यवस्था भएकाले पनि जिल्ला भरका अप्ठेरो भएका सुत्केरी महिलाहरु पनि जिल्ला अस्पतालमा आउने गरेको ईन्डोर ईन्चार्ज लक्ष्मी शाहीले वताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ