arrow

जुन केटीको फोटो खिच्यो, उसैसँग रात बितायो ! हग हफनर

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
Hugh-Hefner-The-Origin-of-Playboy.jpg.jpeg

एजेन्सी। विश्वभरमा चर्चित पुरुष पत्रिका ‘प्लेब्वाई’का मालिक हग हफनर एक ‘भनाई’का कारण चर्चित छन् । उनले प्लेब्वाईका हरेक ‘कभर पेज’ युवतीका साथमा रात बिताईसकेको बताइन्छ । प्लेब्वाई विश्वभरीका युवती, मोडल लगायतका न्यूड फोटो प्रकाशित गर्ने पुरुष पक्रिका हो ।  केही  समयअघि भारतीय मोडल शर्लिन चोपडाले पनि प्लेब्वाईका लागि न्यूड फोटोसेसन गरेर सनसनी मच्चाएकी थिइन् ।

आफ्नो रसियन ‘लुक्स’ लागि परिचित हग हफनरको बारेमा भनिने त्यस्तो भनाई बकवास मात्रै पनि होइन । ८९ वर्षीय हग हफनरले एक पटक बताएका थिए कि प्लेब्वाईमा न्यूड फोटो प्रकाशित १०० जना मध्ये उनले ९९ जनासँग रात बिताईसकेका छन् ।

डोना मिशेल, मर्लिन कोल, लिलिएन मुलर, शैनन ट्वीड, ब्रान्डे राड्रिक, बार्बी बेन्टन, कारेन क्रिस्टी, सोन्द्रा थियोडर र केरी ले नामक यी युवतीहरु हगका ती प्रेमिकाहरु हुन्, जसले हगमाथी ३ करोड ५० लाख अमेरिकी डलर बढीको मुद्दा लगाईसकेका छन्। हगको सेक्स जीवनको बारेमा जान्ने व्यक्तिहरु हगको ‘क्षमता’प्रति आश्चर्य पनि प्रकट गर्छन् तर बुढेसकालमा पनि सेक्स ‘सन्तुष्टी’ लागि हगलाई भने दुःखी हुनुपर्ने लाग्दैन ।हग हफनर आफ्नी प्रेमिका तथा दोस्री श्रीमती कोनार्डकोसाथमा।

आफ्नी दोस्री पत्नीसँग छुट्टिएपछि सन् १९९८ मा हग ब्रान्डे राड्रिक, इजाबेल सेन्ट जेम्स, टिना मेरी जर्डन, होली मेडिसन, ब्रिगेट म्याकवार्ड र केन्ड्रा विल्किन जस्ता युवतीहरुको प्रेममा रमाए । (होली मेडिसनका साथ हग)

अक्टोबर २००८ मा होली मेडिसन, ब्रिगेट मक्वार्ड र केन्ड्रा विल्किन्सनले आफूखुशी हगलाई छाडिदिए । त्यसपछि हगको जिन्दगीमा १९ वर्षीया जुड्वा मोडलर क्रिस्टिना र केरिसा शेननको प्रवेश भयो।जनवरी २०१० मा ती जुड्वा मोडलका साथमा हगको प्रेम अन्त्य भयो । हेरिसका साथमा हग।

हगले जुन २०११ मा हेरिससँग विवाह गर्ने योजना गरेका थिए तर त्यसको केही दिनअघि नै उनीहरुबीच ‘ब्रेकअप’ भएको थियो । यद्यपी जून २०१२ बाट फेरि हग र हेरिस एकसाथ छन्। प्लेब्वाईका मोडलका साथमा हग हफनर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ