arrow

वेष्टइन्डिज भ्रमणमा रहेका भारतीय क्रिकेटर शमीबिरूद्ध पक्राउ पुर्जी जारी

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
sami.jpg

काठमाडौं । भारतको अलिपुर अदालतले घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमी र उनका भाई हसीद अहमदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। मोहम्मद शमीकी श्रीमती हसीन जहांले दुबै बिरूद्ध मुद्दा हालेकी थिइन् । अदालतले दुबैलाई १५ दिन भित्र आत्मसमर्पण गर्न आदेश दिएको छ ।

सो बियषमा बीसीसीआईले भन्यो, 'हामीलाई थाहा छ शमीकोबिरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ, तर अहिल्यै हामी यस अवसरमा यसमा अल्झन  चाहँदैनौं। शमीकोबिरूद्ध तबसम्म कारबाही गरिने छैन जबसम्म हामी चार्जशीट हेर्ने छैनौ । त्यसपछि हामी बोर्डको कानुनले के निर्देशित गरेको छ त्यो हेर्छौ । अहिले यस बिषयमा निर्णय लिनु हतारो हुनेछ । हामीलाई थाहा छ शमीलाई वेष्टइन्डिजको भ्रमणबाट फर्केपछि आवश्यक कदम चालिनेछ।'

मार्चमा, शमीबिरुद्ध दाइजो र यौन उत्पीडनको आरोपमा एउटा आरोप पत्र पेश गरिएको थियो। उनिमाथि भारतीय दण्ड संहिताको धारा ४९८ ए  (दाइजो उत्पीडन) र  ३५४ ए (यौन उत्पीडन) को आरोप लगाइएको थियो। तीव्र गतिका बलर शमीलाई उनकी श्रीमती हसीन जहांले गत वर्ष दाइजो उत्पीडन, शारीरिक उत्पीडन, म्याच फिक्सिंग जस्ता कयौ संगीन आरोप लगाएकी थिइन् । यद्यपि बीसीसीआईले म्याच फिक्सिंग आरोपको छानबिनपछि उनलाई क्लीन चिट दिएको थियो ।

शमीकी श्रीमती हसीन जहांले आफ्नो फेसबुकमा फोटोहरू शेयर गर्दै उनिमाथि महिलाहरूसँग अवैध सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। हसीनले शमी र केटीहरू बीचको व्हाट्सएप च्याटको स्क्रीनशट पनि शेयर गरेकी थिइन् । फोटोमा शमी एउटी महिलाको साथ उभिरहेको देखिन्थे। उनलाई पनि शमीको 'प्रेमिका' भनेर वर्णन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ