arrow

आपसी विवादका कारण ढल्केबरका अढाइ सय घरधुरीलाई पानीको अभाव

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
water-tap.jpg

जनकपुरधाम । धनुषा जिल्लाको  मिथिला नगरपालिका वडा नम्बर  ७ ढल्केवर गाउँमा दुई पक्षबीच आपसी विवादका कारण खानेपानीको समस्या भएको छ । यसै  विवादका कारण उत्पन्न खानेपानी समस्याले ढल्केबरका करिब दुई सय ५० घरधुरी का पानीको समस्या आएको छ। अबिरल वर्षाका कारण ढल्केबरको खानेपानीको मुहान र पाइप बगाएपछि ढल्केबरवासी खानेपानीबाट वञ्चित हुन पुगेका हुन् ।

मुहान बनाउन र पाइप व्यवस्थापन गर्ने कुरामा खानेपानी उपभोक्ता समिति र नगरपालिकाबीच आवश्यक समन्वय हुन नसक्दा समस्या बढ्दै गएको छ । समितिका अध्यक्ष रामवृक्ष साहले खानेपानी समस्या समाधान गर्न नगरपालिकाले चासो नदेखाएका बताए । नगरपालिकाले चासो नदिएपछि स्थानीय बासिन्दा रकम उठाएर मुहान र पाइप व्यवस्थापन गर्न अघि बढेका हुन् ।

कतिपयले नगरपालिका मेयर हरिनारायण महतो र समितिका अध्यक्ष साह फरक–फरक राजनीतिक दलका भएकाले पनि ढल्केबर गाउँको खानेपानी समस्या समाधान नभएको बताए । गत आइतबार उपभोक्तासँग उठाएको रकमका हिसाब सार्वजानिक गर्न बोलाइएको भेलामा झण्डै झडपको स्थिती सृजना भएका थिए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमा दाबिगरिरहेका योगेन्द्र महतो समितिका पदाधिकारीले साधारणसभा नबोलाई आफ्नो पदावधि थप लम्ब्याउन खोजिरहेकाले आफूहरुले साधारणसभाको माग गरिरहेको बताए ।

तर समितिका अध्यक्ष साह पक्ष भने महतोको भनाइसँग सहमत छैन । उक्त पक्षले नगरपालिकाले खानेपानीका लागि छुट्याएको १ करोड ८० लाख रुपैयाँ बजेटमा सबैले आँखा गाडेका  आरोप लगाए। दुबै समूहबीच विवाद बढदैगएको कारण ले  ढल्केबर खानेपानीको समस्या अझै बढ्दै गएका  देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ