arrow

राष्ट्रिय फुल कन्ट्याक्ट कराते

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
karate-Sport.jpg.jpeg
काठमाडौं । १४औं राष्ट्रिय पुरुष तौल समूह तथा १३औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता यही चैत्र २६ र २७ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ ।
 
नेपाल क्योकुशिन कराते डो संघले आयोजना गर्न लागेको कराते प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ६० केजी र ६० केजी माथी तथा महिलातर्फ खुला र काता गरी पाँच विकास क्षेत्रका पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
 
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र उत्कृष्ट खेलाडीहरुले क्रमश १० हजार, ५ हजार, २५ सय र  एक हजार तथा काता तर्फ पहिलो, दोश्रो र तेश्रोले ५ हजार, २५ सय र एक हजारका साथै शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ