arrow

सर्वश्रेष्ठ स्वच्छ स्थल जम्मू–कश्मीरको माता वैष्णो देवी 

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
mata-vaishno-devi.jpeg

काठमाडौं । जम्मू–कश्मीरको माता वैष्णो देवीलाई सर्वश्रेष्ठ स्वच्छ स्थल घोषित गरिएको छ । भारतको जलशक्ति मन्त्रालयले स्वच्छ भारत मिसन अन्तर्गत स्वच्छ प्रतिष्ठित भारतीय स्थानको वरियतामा माता वैष्णो देवीलाई सर्वश्रेष्ठ घोषित गरेको हो । 

राष्ट्रपति रामनाथ कोविन्दले पेयजल एवं स्वच्छता मन्त्रालयको आयोजनामा शुक्रबार ६ सेप्टेम्बरमा स्वच्छता महोत्सवका अवसरमा उक्त अवार्ड प्रदान गर्नेछन् । 

वैष्णो देवीलाई स्वच्छताका सवै क्षेत्रमध्ये सबैभन्दा उत्तम प्रदर्शनका आधारमा स्वच्छ प्रतिष्ठित स्थल घोषित गरिएको हो । 

वैष्णो देवीलाई महाराष्ट्रको छत्रपति शिवाजी टर्मिनस, आगराको ताजमहल, आन्ध्रप्रदेशको तिरुपति मन्दिर, पंजाबको स्वर्ण मन्दिर, वाराणसीको मणिकर्णिका घाट लगायतका स्थलले कडा टक्कर दिएका थिए । 

यसअघि सन् २०१७ मा उक्त अवार्ड श्राइनले पाएको थियो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ