arrow

तीजको मौलिक संस्कृति सबै मिलेर जोगाउनु पर्छ : नगर उपप्रमुख शर्मा

विजयशिल युवा क्लवले हात पार्‍यो ऋषि पञ्चमी मेलाको प्रथम पुरस्कार

logo
कौरव खत्री,
प्रकाशित २०७६ भदौ १८ बुधबार
panchami1.jpg

गुल्मी । गुल्मीको पौदीअमराईमा ऋषि पञ्चमीको अवसर पारेर श्री क्रिशक्ति युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई गुल्मीको आयोजनामा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बहृत खुल्ला तिजगित प्रतियोगिता तथा ऋषि पञ्चमी मेला सम्पन्न भएको छ ।

ऋषि पञ्चमी मेलाको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले तिजको मौलिक संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्ने बताइन् ।साथै उपप्रमुख शर्माले संस्कृति जोगाउन हामी सबैको भएको भन्दै आफ्नो मौलिक संस्कृति जोगाउन स्वदेश तथा विदेशमा रहेर आफ्नो कमाई गाँस कटाएर सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद दिइन ।

साथै उनले तिजको मौलिक संस्कृतिलाई राज्यले समेत ध्यान दिनुपर्ने औल्याउदै तिजका गित मार्फत कलाकारहरुले विकास निर्माण र आर्यआर्जन र  महिला सशक्तिकरण लगायतले तिजका गितका माध्यम विषयबस्तुले समेत तिजको साँस्कृतिक पक्ष प्रस्तुत हुनु गौरवको विषय भएको बताइन ।साथै उपप्रमुख शर्माले आगामी बर्षको ऋषि पञ्चमी मेलाको यो गिराउण्ड सानो भएकोले नयाँ ठाँउमा उपयुक्त गिराउण्ड खोजि गरि व्यवस्थित गर्नका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जायर गरिन ।

सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं. १का वडाअध्यक्ष पूर्ण बहादुर हितान,वडा सदस्य दल बहादुर थापा,सदस्य गंगा श्रेष्ठ,गिता विक, मुसिकोट कार्यपालिका सदस्य जुद्धविर विक,नेपाली काँगे्रस मुसिकोट नगर कार्य समिति वडा नं. १ वडा सभापति दान बहादुर केसी, वरिष्ठ समाजसेवी हरि बहादुर थापा, मुसिकोट नगरपालिकाका युनेस्को युवा क्वलका अध्यक्ष मोहन घिमिरे,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पारर्षद थम्मन थापा सन्देश,रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष कौरव खत्री, एकता युवा मञ्चगलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष सरोज थापा, भानु माध्यमिक विद्यालयका बडिगाड गाँउपालिका ५ ग्वालिचौरका शिक्षक टिका पाइजा लगायत सुरक्षाकर्मी तथा समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो ।

बहृत खुल्ला तिजगित प्रतियोगिता तथा ऋषि पञ्चमी मेलामा ६ समूहको सहभागिता रहेको प्रतियोगितामध्येबाट मालिका गाँउपालिका २ नेटा गुल्मीका विजयशिल युवा क्लवले प्रथम हुदै नगद रु.१२हजार सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै इश्मा गाँउपालिका ४ कल्यारका   सुवादेउराली आमा समूह द्धितीय हुदै नगद रु १० हजार सहित प्रमाण पत्र हात पारेको थिए ।

यस्तै अवसरमा बडिगाड गाँउपालिका ५ ग्वालिचौर बागलुङका बडिगाड डोजो समूह तृतीय हुदै नगद रु.८ हजार सहित प्रमाण पत्र हात पारेको थियो भने मुसिकोट नगरपालिका १ पौदीअमराईका न्यू क्रिशक्ति युवा क्लव तथा सोही वडा पास्तीका माइकास्थान हरियाली आमा समूह र थामडाँडाका सिर्जनशिल युवा क्लवले सान्त्वना हुदै प्रति समूह नगद रु. १ हजार सहित प्रमाण पत्र हात पारेको थिए ।

साथै अवसरमा कार्यक्रमलाई आर्थिक र विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले समान गरिएको थियो । कार्यक्रम श्री क्रिशक्ति युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई गुल्मीका अध्यक्ष सुवेदार मेजर बिष्णुध्वज खातीको अध्यक्षता रहेको कार्यक्रम क्लवका सल्लाहकार चिरिञ्जीवी थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका शिक्षक टेक बहादुर थापाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ