arrow

कोहलीले रुचाएका खेलाडी किंग्स इलावेन पन्जाबको कप्तान बन्दै, अश्विनले टिम छोड्दै

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
Virat-Kohli-R-Ashwin-IPL-2019.jpg

काठमाडौं । टीम इन्डियाका अनुभवी स्पिन बलर रविचंद्रन अश्विन पछिल्लो दुई बर्षदेखि इण्डियन प्रीमियर लिग (आईपीएल) किंग्स इलावेन पन्जाब टीमको कप्तान रहेका छन्। अब समाचार छ कि आर अश्विन आईपीएल को अर्को सीजनको लागि नयाँ टीममा जादैछन् । यस्तो अवस्थामा, आर अश्विनपछि पन्जाब (केएक्सआईपी) टीमको कप्तान को  हुनेछन्, यस रहस्यको पनि पर्दा उठिसकेको छ ।

आर अश्विन आईपीएल २०२० मा दिल्ली क्यापिटलको लागि खेल्ने छन् , जसको आधिकारिक घोषणा चाडै हुदैछ । आर अश्विनले किंग्स इलावेन पन्जाब टीम छोडेपछि टोलीले नयाँ कप्तान पनि घोषणा गर्नुपर्नेछ। सो स्थानमा विराट कोहलीमा रुचाएका खेलाडि केएल राहुललाई टिमको कप्तानी दिन सकिनेछ, जो लामो समयदेखि किंग्स इलेवन पन्जाबको साथ जुडेका छन् ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको दिल्ली क्यापिटलले आर अश्विनलाई किन्न सक्नेछ। यसलाई लिएर किंग्स इलेवन पन्जाब र दिल्ली क्यापिटलबिच छलफल भइसकेको छ। कागजात पूरा भएपछि आर अश्विनलाई आधिकारिक रूपमा दिल्ली टोलीमा सामेल हुने घोषणा गरिनेछ । दिल्ली क्यापिटल्सका निर्देशक सौरभ गांगुलीले भनिसकेका छन्,' यदि आर अश्विन दिल्लीको टोलीमा सम्मिलित भए भने उनलाई राम्रो लाग्नेछ।'

महत्त्वपूर्ण कुरा यो छ कि आर अश्विनलाई २०१७ मा किंग्स इलावेन पन्जाबले ७.६ करोडमा किनेको थियो। यस बाहेक, आर अश्विनलाई टिमको कप्तानी सुम्पिएको थियो, तर २०१८ र २०१९ को आईपीएल सत्रहरूमा टीम पहिले नै प्लेआफबाट बाहिएको थियो। आर अश्विन लामो समयदेखि भारतीय टीमको प्ले इलावेनबाट बाहिर रहेका छन् ।

२००९ मा आईपीएल डेव्यु गरेका अफ स्पिनर आर अश्विनले यस लिगको आफ्नो क्यारियरमा १३९ खेल खेलेका छन। उनको नाममा १२६ विकेट रहेको छ ।  आर अश्विनको आईपीएलमा औसत २६.८ रहेको छ। त्यस्तै  किंग्स इलावेन पन्जाबको लागि आइपीएलमा आर अश्विनले १४ खेलमा १५ विकेट लिएका थिए भने ४२ रन बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ