arrow

पोर्चुगलमा गुञ्जिंदै कवि नवराज पराजुली

logo
भरत प्रधान,
प्रकाशित २०७६ भदौ १८ बुधबार
portugal-navaraj.jpg

पोर्चुगल , १८ भदौ । चर्चित युवा कवि नवराज पराजुली युरोपेली मुलुक पोर्चुगलमा गुञ्जने भएका छन् ।

मेला लिस्बोआको आयोजनामा यही ८ सेप्टेम्बरका दिन राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने कबिता कन्सर्टमा कवि पराजुली गुञ्जने भएका हुन् ।

युरोप कविता कन्सर्टसंगै भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि युरोप यात्रामा रहेका पराजुली पोर्चुगल आउने कार्यक्रम तय भएको मेला लिस्बोआका रबिन उप्रेतीले जानकारी दिएका छन् ।

नेपाली भाषा, कला र साहित्यको संरक्षण, प्रबद्र्धन गर्ने तथा प्रवासमा रहेका युवा पुस्तालाई नेपाली भाषा र साहित्यका बिषयमा जानकारी दिने उद्धेश्यले कबिता कन्सर्ट आयोजना गरिएको उप्रेतीले बताए ।

चर्चाको शिखरमा रहेका कबि पराजुलीको कविता कन्सर्टमा बिशेष प्रस्तुती रहने बताईएको छ । कन्सर्टमा सहभागी हुनका लागि कवि पराजुली सेप्टेम्बर ८ तारिख बिहान पोर्चुगल आईपूग्ने उप्रेतीले बताए ।

माल्टाबाट शुरु भएको पराजुलीको युरोप कबिता कन्सर्ट यात्रा युरोपका बिभिन्न मुलुकहरुमा सम्पन्न भईरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ