arrow

अमिताभको आधा सम्पतिकी हकदार श्वेताको चर्चा

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
sweta-amitab.jpeg

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनकी छोरी श्वेता बच्चन चलचित्रको पर्दाबाट टाढा छिन्। तर प्राय: सोशल मिडियामा श्वेताले पोस्ट शेयर गरिरहेकी हुन्छिन् । हालै, श्वेताले शेयर गरेको फोटो निकै मन पराइएको छ। यस फोटोमा श्वेता आफ्ना दुई सन्तानहरू अगस्त्य र नव्यासंग देखिएकी छन् ।

तस्विरमा श्वेता कालो लुगा लगाएको र खुला कपालमा देखिएकी छन्। नव्यले शर्ट र प्यान्ट लगाएकी छन् भने अगस्त्य श्वेताको पछाडि बसेका छन् । यो तस्बिर शेयर गर्दै श्वेताले लेखिन्, ' मिस यु मच स्वीटहार्टस।' यो अनुमान गर्न सकिन्छ कि उनले आफ्ना सन्तानहरूको धेरै सम्झिरहेकी छन।

नव्या न्यू योर्कको फोर्डहम युनिभर्सिटीमा पढ्दै छिन् भने अगस्त्यले हालै लन्डनको सेभेनोक्स स्कूलबाट स्नातक गरेका छन् र उनी पनि आफ्नो घरबाट टाढा रहेका छन्। हालसालै, श्वेताले शेयर गरेको नन्दको विवाहको तस्वीरहरु सोशल मीडियामा भाइरल भयो। यी तस्बिरहरूलाई फेशन डिजाइनर अबु जानी सन्दीप खोसलाले सोशल मीडियामा शेयर गरेका थिए।

अबु जानीले सो पोस्टमा भनेका थिए श्वेता र निखिलको लुगा बाहेक उनले सम्पूर्ण विवाहको डिजाइन मैले गरेको हु । श्वेताका यी तस्वीरहरू संगीत र विवाहको  हो। श्वेताले संगीतमा सेतो रंगको लेहंगा लगाएकी थिइन्  त्यस्तै विवाहमा रातो लेहेंगामा धेरै सुन्दर देखिइन्।

श्वेताको विवाह बंगाली रीतिरिवाजमा भएको थियो । एउटा फोटोमा श्वेता आफ्नो अनुहार पिपलको पातले लुकाउँदै देखिएकी थिइन। श्वेताले विवाहपछि उनकी आमा जया बच्चनसँग फोटोशूट गराएकी थिइन् । श्वेता र जयाले यो शुटको लागि अबू जानीको डिजाइन गरिएको साडी लगाएका थिए। दुबै सेतो साडीमा देखिएकी थिए।

अमिताभले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरिसकेका छन् । उनले ट्विटरमा लेखेका थिए,'जब म मर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।'

उनले  'कोन बनेगा करोडपति' को सेटमा भनेका थिए 'मैले पहिले पनि भनेको छु  र आज पनि भन्दैछु, जब हाम्रो मृत्यु हुनेछ तब जे जति मेरो सम्पत्ति छ, जे पनि धेर थोर छ  त्यो मेरो सन्तान, एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ । चाहे जे होस ।'

अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ