arrow

विश्वकप छनोटमा नेपालको लज्जास्पद हार 

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
nepal8.jpg

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ  ।

नेपालले कुवेतसंग उसकै मैदानमा ७–० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो । बिहीबार रातिको खेलमा कुवेतलाई जित दिलाउन नासिरले २ तथा हाजेरी, मुतैरी, मोतावा, अबुजाराराह, अल्मोसावीले १–१ गोल गरेका थिए । 

पहिलो हाफमा २–० ले मात्र पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । इन्जुरी समयमा नै नेपालले दुई गोल खाएको थियो । 

यो फराकिलो हारसँगै समूह बी को नेपाल पुछारमा रहेको छ । यो समूहमा जोर्डनले पनि विजयी सुरुआत गरेको छ । जोर्डनले चाईनिज ताइपेईलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

अब नेपालले भदौ २४ गते चाइनिज ताइपेईसंग उसैको मैदानमा खेल्ने कार्यक्रम छ । नेपालले सबै अवे खेल खेलेर घरेलु मैदानमा होम खेल खेल्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ