arrow

गणपतीले हामीलाई झण्डै डुवाए : सलमान

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
salman-khan1.jpg

काठमाडौं ।  मुम्बईमा भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ। सबैजना भारी वर्षाबाट विचलित भएका छन्, बलिउड सेलेब्सहरूले समेत यसको सामना गरिरहेका छन्। दिनहुँ बलिउड सेलिब्रेटीहरूले वर्षासँग सम्बन्धित आफ्ना अनुभवहरू सोशल मिडियामा शेयर गरिरहेका छन् ।

जसमा कसैको गाडी पानीमा डुबेको छ भने कसैको घरभित्र पानी पसेको छ। त्यस्तै केहि मानिसहरु वर्षाको बारेमा सोशल मिडियामा रमाईलो गरिरहेका पनि छन्  ।

बर्षका कारण सलमान खानले पनि समस्या खेपी रहेका छन् । उनि पनि जोगिएका छैनन् । उनले मुम्बईमा भएको वर्षाको बारेमा भने- 'यस पटकको बर्षामा यस्तो लागेको थियो गणपती बप्पाले हामीलाई डुबाउन लागेका छन्। सधै हामी उनलाई विसर्जन गर्थियौ ।  यसपटक बप्पाले भने म तिमिहरुलाई डुबाउनेछु। धन्यबाद, उनको दिमाग परिवर्तन भएको छ।' सलमान खानले सो कुरा  आईफा २०१९ को प्रेस सम्मेलनमा भनेका हुन् ।

बहिनी अर्पिताको घरमा सलमानसहित खान परिवारले गणपति विर्सजनमा नाचेका समेत थिए। सलमान खान गणपति विसर्जनमा नाचेको तस्विर र भिडीयो अहिले इन्टरनेटमा भाइरल भएको थियो । धार्मिक रुपमा कट्टरता फैलिइरहेको बेला सलमान खानले देखाएको धार्मिक सद्भावलाई भारतभर प्रशंसा गरिएको थियो।  गणपति विसर्जनमा विवेक ओबेरॉय, शिल्पा शेट्टी, श्रद्धा कपूर सहित अन्य बलीउडका कलाकारहरु पनि गणपतिको जयजयकारमा लागेको देखिएको थियो।

आईफाको पत्रकार सम्मेलनमा सलमान खानसँग कट्रिना कैफ र माधुरी दीक्षित पनि उपस्थित थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले  प्लास्टिकमाथि  प्रतिबन्धित लगाउन गरेको पहलको प्रशंसा गरे। साथै बलिउड सेलिब्रेटीहरूले आफ्ना प्रशंसकहरूलाई यस पहललाई समर्थन गर्न आग्रह गरे। यस कार्यक्रममा सलमान रमाइलो मुडमा देखिएका थिए भने कट्रिना कैफ डेनिम पोशाकमा देखिएकी थिइन। त्यस्तै धाक-ढक गर्ल माधुरी दीक्षित एक ग्लैमरस अवतारमा देखिएकी थिइन् ।

यस सम्मेलनमा  आईफा २०१९ को तालिका सार्वजनीक गरिएको छ । जोहानिसबर्ग, म्याड्रिड, दुबई, कोलम्बो, न्यू योर्क जस्ता शहरहरूपछि, अब आईआईफा २०१९ मुम्बईमा आयोजना हुने भएको छ। यस पटक १६ देखि १८ सेप्टेम्बरसम्म यो कार्यक्रम मुम्बईमा नै आयोजना हुने भएको छ। यसअघि कार्यक्रम नेपाल र चीनमा हुने चर्चा चलेको थियो ।

पुरस्कार समारोह सेप्टेम्बर १८ सेप्टेम्बरमा आयोजना हुनेछ, जसको अर्जुन कपूर र आयुष्मान खुराना होस्ट गर्नेछन्। कार्यक्रममा  सलमान खान, रणवीर सिंह, विक्की कौशल, माधुरी दीक्षित, कट्रिना कैफ र सारा अली खानलगायतका धेरै कलाकारले प्रदर्शन गर्नेछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ