arrow

शाहरुखकी छोरी सुहानालाई कपडा ठिकसँग लगाउन सुझाव

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार

काठमाडौं ।  शाहरुख खानकी छोरी सुहाना खान आफ्ना तस्वीरहरूलाई लिएर प्राय सोशल मीडियामा छाइ रहन्छिन्। अभिनय पढ्न भर्खरै सुहाना खानले न्युयोर्क युनिभर्सिटीमा प्रवेश गरेकी छन्। सुहानाले कलेजमा नयाँ साथीहरु पनि बनाएकी छन् । भर्खरै उनका केही तस्विरहरु कलेजबाट बाहिरिएका छन् ।

फोटोमा सुहाना मुस्कानसहित पोज दिइरहेकी छन्। सुहानाको यो फोटो इन्टरनेटमा भाइरल भएको छ । केही फ्यानहरूले सुहानाको यो फोटोलाई  मन पराएका छन् भने केहि ट्रोल गर्न थालेका छन् । ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका छन् । उनीहरूले सल्लाह पनि दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्- 'यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ।' त्यस्तै अर्का प्रयोगकर्ताले लेखे - 'सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्'। अर्काले लेखे - 'तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्'। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

सुहाना इन्स्टाग्राममा छैनन् तर उनको फ्यान क्लबबाट धेरै तस्विरहरु शेयर भएका छन् । सुहानाको कलेजमा पहिलो दिनको भिडियो नै सोशल मिडियामा सार्वजनीक भएको थियो । सो भिडियो आमा गौरी खानले नै रेकर्ड गरेकी थिइन् । भिडियोमा सुहाना आत्मविश्वासका साथ सीढीहरू माथि चढिरहेकी थिइन् ।

भिडियोमा सुहाना निलो डेनिम शर्ट र सेतो टी शर्ट लगाएर जादै थिइन् । सुहानाले जून २८ मा स्नातक उत्तरिर्ण गरेकी थिइन् । सुहाना लण्डनको आर्डिग्ली कलेजबाट स्नातक गरेकी हुन् । सुहानाले स्नातक पास गरेपछि पार्टी पनि गरेकी थिइन् । शाहरुख खानले ट्विटरमा सुहानाको स्नातकको बारेमा जानकारी दिएका थिए।

यसअघि सुहानाले इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी थिइन् । सुहानाले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् । उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले  गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन। कलाकारिताको पढाइ गरिरहेकी  सुहाना पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् ।

केही समयअघि सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए । यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ