arrow

वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध    

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
kalikot-district.png

मान्म । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।     
     
अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । 

राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । 

“अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ”, उनले भने, “अहिले डोजरको प्रयोग भइरहेको छ ।”   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ