arrow

विकासका लागि मिल्न मन्त्री अर्यालको आग्रह 

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
padhma-aryal.jpg

स्याङजा । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएकी छन् । 

सबै मिलेमा छिटो विकास हुने बताउँदै मन्त्री अर्यालले सबैले विकासमा सहयोग गर्नुपर्ने बताईन् । गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेसनलाइ सम्वोधन गर्दै अर्यालले अब वाणिज्य संघहरुले कृषिमा आधारित ब्यापार गर्नुपर्ने धारणा व्यक्त गरिन् । 

मन्त्री अर्यालले सरकारले कृषिमा धेरै लगानी गरेको जानकारी दिदै कृषिका उत्पादनमा जोड दिन आग्रह गरिन् ।

मन्त्री अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्र विकासका लागि प्रमुख मेरुदण्ड र दरिलो खम्बा भएको बताउदै निजी क्षेत्रलाई उत्पादनशिल बनाउन अनुरोध गरिन् । 

उद्योगी व्यवसायीको मनस्थिति गिराउने नभई सरकार उठाउने योजनामा रहेको जिकिर गरिन् । मुलुकको ढुकुटी दरो बनाउन सरकार लागि परेको जानकारी दिदै मन्त्रि अर्यालले स्थानीय तहबाट संचालीत योजनाहरुलाई सफल बनाउनु पर्ने बताइन् । उनले सरकारका योजना सफल भएमा मात्रै सरकार सफल हुने जिकिर गर्दै योजना सफल पार्न सुझाइन् ।  

उत्पादनलाई वढाउने नाममा मानिसको जीवन जोखिममा परेको अर्यालको भनाई रहेको छ । हामीलाइ छिटो कमाउन परेको बताउँदै अर्यालले उत्पादनमा विषादीको प्रयोग नगर्न आग्रह गरिन् । यस्ता विषयमा कोहि सरकार पक्ष र प्रतिपक्ष भनेर लाग्नु भन्दा पनि आफ्नो ठाउँ बनाउनेतर्फ लाग्नुपर्नेमा अर्यालको जोड थियो । 

मन्त्री अर्यालले आँधीखोला हाईड्यामको प्राविधिक अध्यन सुरु भएको बताउँदै योजना सम्पन्न गर्न ६३ अर्व आवश्क पर्ने रकम नेपाल सरकार सग नरहेकाले अन्यको सहयोग चाहिने बताइन् । 

फाइदा हुने ठाउँमा लागानी सरकारले गर्छ भन्दै आँधीखोला हाईड्यामबाट फाईदा नहुन पनि सक्ने हुनाले लगानी नहुन सक्ने धारणा व्यक्त गरिन् । सरकारले पोखरा भैरहवा दुई घण्टाको बाटो बनाउन खोजेको बताउँदै यो साल टेण्डर हुने र अर्को वर्षबाट योजना सम्झौता गरेर काम सुरु हुने अर्यालले बताइन

कार्यक्रममा पूर्व सांसद मोहन पाण्डेले सरकारले जनताको माग अनुसार गति लिन नसकेको आरोप लगाउँदै बाटो खाली गरेर आफुहरुलाई सरकार चलाउन बाटो खुल्ला गर्न अनुरोध गरे । उनले सरकाले कुनै क्षेत्रमा पनि काम गर्न नसकेको जिकिर गर्दै धेरै ठाउमा असफल भैसकेको बताए । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ