arrow

आधा दर्जन नेता अरु पार्टी त्यागेर कांग्रेसमा

logo
कौरव खत्री,
प्रकाशित २०७६ भदौ २२ आइतबार

गुल्मी । नेपाली कांग्रेस इश्मा गाँउपालिका १ हस्तिचौरद्धारा बृहत खुल्ला तिजगित तथा नृत्य प्रतियोगिता हर्पुकोटमा सम्पन्न भएको छ । शनिवार बृहत खुल्ला तिजगित तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले कांग्रेसका लागि एउटा चुनाव जित्नु र अर्को चुनाव हार्नु काँगे्रसका लागि ठूलो कुरा नभएको बताए ।

साथै युवा नेता पन्थीले यस क्षेत्रको विकास र समृद्धिको ढोका कांग्रेस नै खोलेको भन्दै मन्त्रीको आँखाले विकास निर्माणमा भेडावारी र माझीभिर देख्न नसक्नु दुखद कुरा बताए ।

साथै विकासप्रेमी नेता पन्थीले कांग्रेस पार्टी भनेको दलित जनजाती र सिमान्तकृत लगायत सबै बर्ग समुदायको साझा पार्टी भएको बताउदै नेपाली कांग्रेसको विधान एसिया मै उत्कृष्ट र समावेशी विधान बनाएको दावी गरे । 

साथै उनले नेपालका सबै आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गदै आएको बताउदै नेता पन्थीले कांग्रेसका लागि एउटा चुनाव जित्नु र अर्को चुनाव हार्नु कुनै ठूलो कुरा नभएको बताए ।

नेपाली कांग्रेसको जीवनमा एउटा चुनाव जित्नु र अर्को चुनाव हार्नु ठूलो कुरा होइन पहिल्लो समयमा हामीले चुनाव हारेका छौ तर दोहोर्याएर चुनाव जितेका पनि छैनौ कांग्रेस दोहोर्याएर चुनाव हारेका पनि छैनौ ठूलो कुरा विचार हो भन्दै नेता पन्थीले कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व.शुसिल कोइरालाको नेतृत्वमा हामीले संविधान नेपाली जनताले पाएको बताए ।

साथै उनले हस्तिचौरको माटोले आफूलाई निकै पछ्याएको भन्दै नेपाली कांग्रेस नै यस यस क्षेत्रको विकास र समृद्धिको ढोका खोलेको बताए ।

साथै उनले कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले नेपालमा स्थायी शान्ति प्रक्रिया पहलबाट नै देशमा हिंसा बन्द भएको र शान्ति आज यहि शान्तीको बलमा टेकेर स्थानीय तह,प्रदेश र संघको चुनाव गराउन सफल भएको बताए ।

साथै उनले स्थानीय तह,प्रदेश र संघको चुनावमा पराजय भोगेकोले यसले काँगे्रसलाई कुनै फरक नपर्ने भन्दै निर्वाचन जित्नेले जनताको पक्षमा काम गर्न सकिएन भने पराजयको निम्ति हो भने पराजयले जनताको पक्षमा काम गर भनेको भन्दै बताउदै यस क्षेत्रका सडक शिक्षा,खानेपानी,स्वास्थ्य लगायतका विकास निर्माणमा काँगे्रसले नै अगाडी बढाएको बताए ।

साथै युवा नेता पन्थीले हाम्रो मौलिक संस्कृतिहरुलाई जिवन्त बनाउदै हाम्रो धर्म संस्कृति परम्परा भेषभूषाप्रति पछिल्लो समयमा आधुनिकताका नाममा हाम्रा रितिरिवाज माथिको प्रहार थप चुनौति थपिदै गएकोमा यस्तै यस्तै प्रतियोगितबाट हाम्रो पर्व र संस्कार संस्कृतिको जर्गेना गर्ने बेला आएको बताए ।

साथै सोही अवसरमा नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव बिष्णु कुमारी सापकोटा, नेपाल काँगे्रस क्षेन नं.२ का क्षत्रीय सभापति भगतसिंह खड्का, नेपाली काँगे्रस जिल्ला कार्य समिति गुल्मीका सदस्य चन्द्र बहादुर महत, जिल्ला सदस्य पदम बिष्ट,नेपाल दलित संघ गुल्मीका अध्यक्ष लुम बहादुर सुनार,नेपाल तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल,नेपाल महिला संघ गुल्मीकी सचिव देवी कुँवर, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै सोही अवसरमा राष्ट्रिय कलाकार गणेश अधिकारी, हरि खत्री साँगितिक प्रस्तुतीले अतिथिदेखि सबै दर्शकलाई नचाएका थिए ।

कार्यक्रममा अन्य पार्टी परित्याग हस्तिचौरमा आधा दर्जन व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

साथै सोही अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि कौरव खत्री, नेपाल प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मा,रेडियो रेसुङ्गका स्टेशन म्यानेजर अनिता खत्री,नेपाल दलित संघ गुल्मीका उपाध्यक्ष शेर बहादुर विश्वकर्मा लगायत नेपाली कांग्रेसका जिल्ला स्तर तथा स्थानीय नेता तथा कार्यकताहरुको कलाप्रमी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

बृहत खुल्ला प्रतियोगतामा ५ समूहको सहभागिता रहेको बहृत खुल्ला तिजगित प्रतियोगितामध्येबाट इश्मा गाँउपालिका १ जुकेपानी गुल्मीको राधाकृष्ण कृषक समूहले प्रथम हुदै नगद रु.१०हजार सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे गुल्मीमा रहेको श्रृरुङ्गा क्रियाशिल युवा क्लवले द्धितीय हुदै नगद रु ७ हजार सहित प्रमाण पत्र हात पारेको थिए ।

सोही अवसरमा इश्मा गाँउपालिका ४ कल्यारको दिपकिरण आमा समूहले तृतीय हुदै नगद रु.५हजार सहित प्रमाण पत्र हात पारेको थियो ।

त्यस्तै सोही प्रतियोगितामा इश्मा गाँउपालिका ४ का प्रगतिशिल युवा क्लवले सान्त्वना हुदै नगद रु ३हजार सहित प्रमाण पत्र हात पारेको थियो । त्यस्तै इश्मा गाँउपालिका ४ कल्यारको दिपकिरण आमा समूह उत्कृष्ट समूह भएको छ । विजेतामा समूह तथा उत्कृष्टहरुलाई नगद प्रमाण पत्र सम्मान गरिएको थियो ।

साथै कार्यक्रमको अवसरमा कलाकार,आर्थिक सहयोगीहरु सँगै विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई समेत समान गरिएको थियो ।

नेपाली कांग्रेस इश्मा गाँउपालिका १ हस्तिचौरका सभापति चुरा बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रम हस्तिचौरका सल्लाहकार समितिका संयोजक शेर बहादुर कुँवरको स्वागत मन्तव्य सँगै शुरु भएको थियो । कार्यक्रमको सञ्चालन भने इश्मा गाँउपालिका १ हस्तिचौरका सचिव नविन विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विगत ८ बर्षयता नारीहरुको हरितालिका तीजका अवसरमा तीज संस्कृतिको संरक्षण र प्रर्वद्धनका निरन्तर रुपमा नेपाली काँगे्रस इश्मा गाँउपालिका १ हस्तिचौरले कार्यक्रम गदै आएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ