arrow

एम्नेस्टीले मानवअधिकार अभियानलाई सशक्त बनाउने  

logo
निरंजनकुमार साह,
प्रकाशित २०७६ भदौ २२ आइतबार

जनकपुरधाम । एमनेस्टी इन्टरन नेशनल नेपालद्वारा शनिबार जनकपुरधाममा  एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। एम्नेस्टी इन्टरनेसनल नेपालले मानवअधिकार अभियानलाई सशक्त ढङ्गमा अघि बढाउने उद्देश्यले सो अनुशिक्षण कार्यक्रम जनकपुरधाममा संचालन गरिएको हो ।

कार्यक्रममा ए आई नेपालका पूर्व सभापति एवं सल्लाहकार प्रदिप पोख्रेल , ए आई नेपालका सभापति विक्रम ढुकुछु र ए आई नेपालका अनुशिक्षण कार्यक्रम संयोजक स्मिता सापकोटाले मानव अधिकार,एम्नेस्टी इन्टरनेशनल नेपालको एडभोकेसी र विश्वमा मानव अधिकारको अवस्था बारेमा प्रशिक्षण दिएका हुन् । 

सो समारोह मा ए आई नेपाल का पुर्व सभापति संभु ठाकुर, एआई नेपालका केन्द्रीय सदस्य महेश पोडेल  र पुर्व उपसभापति ध्रुव रायले शुभकामना मन्तव्य राखेका थिए । 

सो अनुशिक्षण कार्यक्रममा बुद्धिजीवी समूह १५, महिला समूह ४६, युथ समूह ५७, महोत्तरीका समूह ७ ,जलेश्वरनाथ समूह ५ र मंलगवा समूह ९ ले सदस्यता ग्रहण गरेका थिए । 

मानव अधिकार शिक्षा सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्नका लागि आयोजित कार्यशालामा उदघोष एआई समुह ५७ का सचिव मनिष झा ले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ