arrow

कम्युनिष्ट गढमा कांग्रेसले जीतेपछि भयो अवीर जात्रा, प्रधानमन्त्री ओली अर्थमन्त्री खतिवडा छक्क

logo
गिरिराज भट्टराई,
प्रकाशित २०७६ भदौ २२ आइतबार
fncci-damak-nc.jpg

झापा। कम्युनिष्ट गढ मानिएको प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकै सरकारका अर्थमन्त्री डा युवराज खतिवडाको गृहनगर दमकमा कांग्रेस निकट व्यवसायीहरुले उद्योग वाणिज्य संघमा निर्वाचन जीतेपछि अवीर जात्रा भएको छ। 

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दमकमा कांग्रेस निकट व्यवसायीहरुले जीतेको खबरले प्रधानमन्त्री ओली छक्क परेका छन्। उनले कार्यकर्ताहरुलाई कसरी यस्तो परिणाम आयो भनेर सोधेका छन्। अर्थमन्त्री डा युवराज खतिवडा समेत परिणामलाई लिएर आश्चर्यमा परेका छन्। 

आइतवार विहान सम्पन्न मतगणना अनुसार उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रीक समुहका गोकुल श्रेष्ठ बिजयी बने । प्रगतिशिल समुहका बिमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ बिजयी बनेका हुन । निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४११ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी खतिवडाले ९१६ मत मात्रै प्राप्त गरे ।

बरिष्ठ उपाध्यक्षमा भने प्रगतिशिलका देविप्रसाद गुरागाईं(गोपाल) बिजयी बने । उनले १२७६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी लोकतान्त्रीकका सहदेव आचार्य(सुरज)ले १०१४ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा लोकतान्त्रीकका राजु खड्का १२०९ मत प्राप्त गरी बिजयी भए भने प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा लोकतान्त्रीककै राजकुमार योङया १०५२ मत प्राप्त गर्दै बिजयी बने । प्रगतिशिलका घनश्याम खनालले ९०६ मत र स्वतन्त्र उम्मेद्वार टिकाराम प्रसार्इंले ३५५ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा लोकतान्त्रीककै रमा लिम्बु १२०२ मत प्राप्त गर्दै बिजयी बनिन भने प्रगतिशिलका ज्ञाननाथ पौडेल(ज्ञानु)ले १०६१ मत प्राप्त गरे ।

यसैगरी खुल्ला सदस्यमा लोकतान्त्रीकबाट तीन जना र प्रगतिशिलबाट तीन जना बिजयी भएका छन्।लोकतान्त्रीकबाट चन्द्र खत्री(१२९४), तुलसीराम तिम्सिना(११८७) र नविन कुमार अग्रवाल(१२०३) बिजयी भए। त्यसैगरी प्रगतिशिलबाट भरत कुमार चम्लागाईं(१२२२), राजकुमार थापा(११०५) र असिम राई(१०८३) बिजयी बने। खुल्ला सदस्यमा पदम न्यौपाने(१००१), रुद्र दाहाल(९३०), संजित रौनियार(८३६), सुवासचन्द्र गड्तौला(९०१), सुमन काफ्ले(९३४) र सुरज लिम्बु(८९०) मत प्राप्त गरे। 

बस्तुगत तर्फ लोकतान्त्रीक समुहबाट दुई जना र प्रगतिशिलबाट तीनजना बिजयी भए। लोकतान्त्रीकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी बने भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बने। 

बस्तुगततर्फ तिलक डाँगी ७७४, प्रकाश नेपाल ८९८, भेनष श्रेष्ठ ११४८, राधाकृष्ण आचार्य ८७० रिंगकुमार आचार्य ११४४ मत प्राप्त गरे।

लेखा समिति संयोजकमा प्रगतिशिलका खोम बगाले थापा बिजयी बने। उनले १२२३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रीकका पारषमणी आचार्यले १०५९ मत प्राप्त गरे। सदस्यमा प्रगतिशिलबाट मिन मगर(११०९) र लोकतान्त्रीक बाट कृष्णराज दाहाल(१३२४) बिजयी बने।लेखा सदस्यका उम्मेद्वार दिपेन्द्र तिवारीले १०१२ मत र लालबहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरे।

महिला सदस्यमा लोकतान्त्रीककी सुस्मा निरौला(११३६) र प्रगतिशिलकी बिन्दु सिटौला(लक्कि)(९७९) बिजयी बनिन् । महिला सदस्यमा दिलकुमारी सुब्बाले ९२३, चन्द्रमायाँ निरौला(जमुना)ले ९०७ मत  स्वतन्त्र उम्मेद्वार कविता अधिकारी पौडेलले ५५० मत प्राप्त गरिन्। 

कुल २६८० मतदाता मध्ये शुक्रबार भएको मतदानमा २३६० मत खसेको थियो । संघको २१ पदको निर्वाचनको लागी ४४ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ