arrow

हामीले रंग र लोला हाने जस्तै कतै टमाटर, त कतै सुन्तला !

logo
प्रकाशित २०७२ चैत २० शनिबार
Holi.jpg.jpeg
एजेन्सी। आधुनिक समाजको व्यस्त जीवनका कारण विश्वभरका मानिसहरु तनावको जिन्दगी बिताउन बाध्य हुने गरेका छन् । तनाव हटाउन चाँड पर्वमा मन दिएर मनाउनेहरु पनि कम छैनन् । ब्यस्त जीवनबाट थाकेको मन बिसाउने थलोको रुपमा चाँड पर्वहरु मनाउने कोही छन भने खर्च हुने लोभमा चाँड पर्व नआए हुन्थयो भन्नेहरु पनि कम छैनन् । यस्ता पर्वहरु देश अनुसार फरक फरक ढंगले मनाउने पनि धेरै छन् ।
 
हरेक दिनको भागदौडले शारीरिक तथा मानसिक पिडा बोकिरहेका मानिस कुनै चाँड पर्व आउने वित्तिकै धेरै खुशी हुने गर्दछन् । नेपालमा पनि होली यस्तै एउटा पर्व हो र यसलाई धुमधामसँग मनाउने गरिन्छ । त्यस्तै संसारभरि यस्ता प्रकारका चाँड पर्व विभिन्न स्वरुपमा मनाउने गरेका छन‍् । देश अनुसार कहि रंग कहि पानी त कहि फल र कतै माटोलाई होलीमा जस्तै एक अर्कालाई हानाहान गरेर  मनाउन चलन छ। प्रयोग भिन्न भए पनि यस्तो चाँडले समाजमा एकता दिलाउन सक्छ ।
 
होली जस्तै गरी मनाइने पर्व अन्य  देशमा पनि धेरै छन् । मस्ती, उमंग र उत्साहका साथ मनाउने यस्ता पर्व अन्य देशमा कसरी मानाइन्छ त हेरौ तस्विर
 
स्पेनको ब्यूनाल शहरमा ब्लेसियन समुदायका मानिसहरुले हरेक वर्ष अगस्त महिनाको अन्तिम बुधवारको दिन ला-टोमाटिना पर्व मनाउने गर्दछन् । यो पर्वमा एक लाख ५० हजार किलो भन्दा बढि टमटरको प्रयोग गरिन्छ। स्पेनमा यहि पर्वकोलागि पनि व्यावसाहिक खेती गर्ने चलन छ।
 
दक्षिण कोरियाको बोरयोग सहरमा जुलाई महिनामा मड फेस्टिवल मनाउने चलन छ। दायचियोन बीचमा ट्रकबाट माटो ल्याइन्छ।त्यसमा पानि हालेर हिलो बनाइन्छ। उक्त बिचमा दुई हप्ता सम्म विभिन्न खेलको आयोजना गरी मनाउने चलन छ।
 
अस्ट्रेलियाको क्वीसल्यान्डमा चिचिला नाम गरेको ठाँउमा दुई वर्षमा एक चोटी फेब्रूवेरीमा वाटर्मेलन (खरभुजा) उत्सव मनाउन चलन छ। यस समय यहां वाटर्मेलन स्कीइङ्ग, वाटर्मेलन बन्जी, वाटर्मेलन चैरियट र वाटर्मेलन इटिङ रेस सहित अनकौ प्रतियोगिताहरु हुने गर्दछ। मानिसहरु एक अर्कालाई खरभुजा हानाहान गरेर रमाइलो गर्ने गर्छन्।
 
‌‌ओरेन्ज फेस्टिबल पर्व इटलीको उत्तरी शहर इव्रियामा फरवरी महिनामा मनाइन्छ। परम्परागत कार्निवाल भेषभुषामा सजिएका युवतीहरु यस पर्व मनाउने गर्दछन‍्। यसमा नौ टिम हुने गर्दछ । एक अर्कालाई सुन्तला फ्याक्छन् । यस पर्वमा पाँच लाख पाउड रकम बराबको सुन्तला फ्याकिन्छ।  हरेक टिमले ट्रकमा टमाटर भर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ