arrow

सरकार डेंगु नियन्त्रणमा जुटेको पाइदैन किन ?

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
dilla-sangroula.JPG

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले  डेंगुको संक्रमणले जनता अक्रान्त हुदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा  जुटेको पाइदैन किन भन्ने प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधि सभामा  संग्रौलाले प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदानगर्न सभामुख मार्फत सरकारसंग जोडदार माग गरेकी छन् ।

 शुरुमा तराइमा मात्र देखिने डेंगुको संक्रमण अहिले आएर चितवन, काठमाडौं, कास्की हुदै देशै भरि संक्रमण वढी रहेको छ । शुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देशै भरि यसको प्रभाव भयावह रुपमा फैलिने थिएन । यो वर्ष श्रावण यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु विमारीको संख्या करिव ३५८० नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

अस्पतालको वहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गरेको संख्या भने झन अभैm एकिन हुन सकेको छैन् । इडिसिडीको श्रोतका अनुसार श्रावणदेखि यता प्रदेश नं. १ मा ७५२, प्रदेश नं. २ २३, प्रदेश नं. ३ १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश नं. ५ मा १०८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण पाइएको छ ।

चिकित्सकहरू भन्छन यो वर्ष मुलुकको इतिहासमा सवै भन्दा वढी र कडा रुपमा देश व्यापि डेंगुको प्रकोप बढेको छ । यस्तो भयाभह अवस्थामा डेंगुको संक्रमणले जनता अक्रान्त हुदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा जुटेको पाइदैन किन ? डेंगुको संक्रमण देशैभरि फैलिरहदा सरकार भने औलो नियन्त्रणको उपायखोज्न वैठक गर्दै छ  किन ? आजको आवश्यकता डेंगुको नियन्त्रणको लागि वैठक हुनु पर्ने हो । त्यसैले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदानगर्न सभामुख मार्फत सरकारसंग जोडदार माग गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ