arrow

लोकसेवा आयोगका अध्यक्ष यादवको सपथ ग्रहण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ २२ आइतबार
pradesh-2-oth.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईका लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

त्यस्तै प्रदेश नम्बर दुईको नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थद्धारा आइतबार पद तथा गोपिनियताको शपथ ग्रहण गराईएको हो। सोही समारोहमा नीति आयोगका उपाध्यक्षमा प्रा.डा. भोगेन्द्र झालाई पनि पद तथा गोपिनियताको शपथ ग्रहण गराईएको छ। नीति आयोगको उपाध्यक्षमा नियुक्त झाले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक भई केही वर्षअघि मात्र अवकाश लिएका हुन्।

सपथ ग्रहण समारोहमा प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राज्यमन्त्री योगेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्रकुमार झा लगायत प्रदेश सांसद, कर्मचारी लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ