arrow

जन प्रतिनिधिहरुको विदेश भ्रमणमा लर्को 

logo
राजु रिमाल,
प्रकाशित २०७६ भदौ २३ सोमबार
janaprtinidhi-people.jpg

काठमाडौं। संघीय सरकारले जनप्रतिनिधिहरूलाई विदेश भमणमा कडाइ गरे पनि जन प्रतिनिधिहरूको विदेश भमणको मोह रोकिएको छैन। महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर-उपमेयरले एक वर्षमा दोहर्‍याएर विदेश भ्रमण गर्ने गरेका छन्।

संघीय मामिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-७६मा १ सय ६४ जना जनप्रतिनिधिहरूले विदेश भ्रमण गरेका छन्। करिब ६ महिना अघि संघीय मन्त्रालयले मन्त्रालयको स्विकृति विना विदेश भ्रमण नगर्न जन प्रतिनिधिहरूलाई परिपत्र गरेको छ। साथै आफ्नो खर्चमा नजान पनि उनीहरूलाई निर्देशन दिएको थियो। तर मन्त्रालयको निर्देशनलाई समेत उल्लंघन गर्दै केही जनप्रतिनिधिहरूले विदेश भ्रमण गरेको स्रोतको भनाइ छ।

संघीय मन्त्रालयका अनुनसार आव २०७४-७५ भन्दा आव २०७५-७६ मा विदेश भ्रमण गर्ने जन प्रतिनिधिहरूको संख्या बढी छ। मन्त्रालयका प्रवक्ता भुपाल बरालले आवा २०७४-७५ भन्दा आव २०७५-७६ मा विदेश भ्रमण गर्ने जनप्रनिधिहिरूको संख्या बढी भएको बताए। आव २०७४-७५ मा केही जन प्रतिनिधिहरूलाई मन्त्रालयलाई जानकारी नगराइ विदेश भ्रमण गरेका थिए। पछि मन्त्रालयले यसमा कडाई गरेका थियो। मन्त्रालयलाई जानकारी नगराई विदेश भ्रमण नगर्न कडा निर्देशन दिएको थियो। मन्त्रालयलाई जानकारी नगराइ विदेश भ्रमण गरेको रेकर्ड मन्त्रालयमा नभएको संघीयले जनाएको छ।

प्रवक्ता बरालले भने,‘विदेश भ्रमणकोबारेमा पहिलो वर्षमा त्यती थाहा नभएको हुन सक्छ। दोश्रो वर्षमा जानकारी हुन्छ। त्यसैले सुरुको वर्षभन्दा दोश्रो वर्षमा विदेश भ्रमण गर्ने जनप्रतिनिधिहरूको संख्या बढ्नु स्वभाविक हो।’

जनप्रतिनिधिहरूले मन्त्रालयसँग स्विकृति लिएर मात्र विदेश भ्रमण गर्ने व्यवस्था मन्त्रालयले गरेको उनले बताए। मन्त्रालयका अनुसार नगरपालिका महासंघका पदाधिकारी, काठमाडौ महानगरपालिका, लतिलपुर महानगरपालिका, भरतपुर महानगरपालिकाका प्रमुख-उपप्रमुख सबैभन्दा बढी विदेश भ्रमण गरेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यि र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रममुख रेणु दाहाल लगायतका जनप्रतिनिधिहरूले अघिल्लो आर्थिक वर्षमा अमेरिका र चीन भ्रमण, मङ्गोलिया, भियतनाम लगायतका देशहरूमा भ्रमण गरेका छन्। काठमाडौँ महानगरापलिकका प्रमुख शाक्य अघिल्लो वर्ष भदौमा अमेरिका जाँदा हवाई खर्च आफैं व्यहोरेका थिए।

हवाई बाहेकको अरू खर्च आयोजकले व्यहोरेको महानगरपालिकाले जनाएको छ। प्रमुख शाक्यले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर अमेरिका गएका थिए। अमेरिकाका शहरका अवलोकन गर्न उनी अमेरिका गएका थिए। उनी अमेरिका जानु अघि चीन भ्रमण गरेका थिए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि एक वर्षमै अमेरिका र भारत भ्रमण गरेका छन्। जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी पनि विदेश भ्रमण गरेका छन्।

बर्दघाट, भोजपुर, छायाँनाथ रारा, दमक, मध्यपुर ठिमी ,बेनी, पुतली वजार, कोहलपुर, सिमरा, फुङलिङ, बर्दघाट लगायतका नगरपालिकाका मेयर-उपमेयउरले यस वर्ष विदेश भ्रमण गरेको मन्त्रालयले जनाएको छ।

विदेश भ्रमण गर्नेहरूमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष कम छन्। चिचिरा गाउँपालिका अध्यक्ष पासाङनर्वु शेर्पाले अघिल्लो वर्ष अमेरिका भ्रमण गरेका थिए।

संघीय मन्त्रालयले स्थानीय तहलाई प्रत्यक्ष्य फाइदा पुग्ने अवस्थामा मात्र विदेश भ्रमण गर्न,त्यो पनि आयोजनको खर्चमा जान जन प्रतिनिधिहरूलाई परिपत्र गरेको थियो। तर विदेश भ्रमण गर्ने अधिकांश जन प्रतिनिधिहरूले अवलोकन भ्रमणको नाममा उनीहरू विदेश गएका हुन्छन। धेरै जसो मेयर-उमपेयरले आफ्नो टोलीमा प्रमुख प्रशाकीय अधिकृतलाई समेत लिएर गएका हुन्छन्। मन्त्रालयका अनुसार केही विदेश भ्रमणहरूमा एउटै टोलीमा मेयर,उपमेर तथा प्रमुख प्रशासकीय अधिकृत सँगसँगै गएका छन्।

तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले अघिल्लो आर्थिक वर्षमा चीन भ्रमण गर्दा ११ वडा र ६ नम्वर वडा अध्यक्ष लक्ष्मी पाठक, दामोदर घिमिरले मात्र लगेनन, तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिृकत वीष्णु पौडेललाई पनि संगै लिएर विदेश गए।

महागनर, उपमहानगरपालिका वडा अध्यक्षहरूले समेत गत आर्थिक वर्षमा अवलोकन भ्रमणको नाममा विदेश भ्रमण गरेको संघीय मन्त्रालयको रेकर्डमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ