arrow

वडाध्यक्ष र प्रहरी अधिकृत सम्मानित

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
samman5.jpg

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना र प्रहरी निरीक्षक हरि बस्नेतलाई सम्मान गरिएको छ।  अध्यक्ष सहित प्रहरी निरीक्षकलाई  नेपाल मोहर्रम तथा कर्बला संरक्षण समिति, बाँकेले उनिहरले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो।

अध्यक्ष बेहनाले आफ्नो वडामा हेर्न लायक बिकासे कार्य गरिसकेका छन् ।  अध्यक्ष बेहनाले नेपालगन्जमै पहिलो पटक चिल्ड्रेन पार्क निर्माण , आधुनिक गर्ल्स स्कुल लगायत अन्य थुप्रै कार्य गरिसक्नु भएको छ।त्यस्तै नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बस्नेत नेपालगन्जमा आएदेखि उनले गरेको उत्कृष्ट कार्यले गर्दा कर्बला समितीले सम्मान गरेको हो।

 बस्नेत नेपालगन्जमा आएदेखि अपराध गर्ने देखि होस वा हो-हल्ला गर्दै हिड्ने र रातको समयमा आवारागिरी गर्नेहरु शान्त भएका छन् ।नेपालगन्ज शान्त रहिरहोस् भन्ने उद्श्यका साथ अघि बढेकोका बस्नेतले  कुनै पनि निर्दोशले सजाय नपाउन भन्छन् ।कर्बबला समितीले अन्यलाई समेत सम्मान गरेको छ।   

यसैगरि  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बोन क्यान्सर भएका एक जनालाई आर्थिक सहयोग गरेका छन् । बोन क्यान्सर  भएका नेपालगन्ज उपमहानगरपालिका २ का सरिफ हलवाइलाई आफ्नो तर्फबाट उपचारमा केही सहयोग होस भन्दै आज ५००० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

आफुले केही पैसा सहयोग गरेर बिरामीलाई केही राहात हुन्छ भनेर दिएको अध्यक्ष बेहनाले बताए। समाजसेवामा माहिर अध्यक्ष बेहनाले धेरै पटक  अप्ठ्यारोमा परेका बिरामी होस् या गरिवदुखी नै किन नहोस् , उनले सहयोग गर्दै आएका छन् ।

उनले हलवाइका  आफन्तलाई वडा कार्यालयमा ५ हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेहनाले बताए। अध्यक्ष बेहनाले आफुले पाउने सेवा सुबिधा कुनै लिएका छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ