arrow

बलिउडमा फिल्म खेल्न नपाउने भएपछि डराए सलमान, भ्रमण रद्द

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
salman-khan.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानको अमेरिकामा हुने भनिएको शो नहुने भएको छ  । सलमानलाई बलिउडमा प्रतिबन्ध गर्ने धम्कीपछि उनले आफ्नो भ्रमण रद्द गरेका छन् ।  यस महिनाको शुरूमा बलिउड अभिनेता सलमान खान क्यानडा र अमेरिकाका केही शहरहरू भ्रमण गर्ने वाला थिए।

यसमा उनी आफ्ना प्रियजनहरूसँग केहि विशेष सत्रहरू र त्यहि समयमा कार्यक्रममा विशेष भेटघाट गर्ने थिए ।  सलमानले यो यात्रा रद्द गरिएको घोषणा गरेका छन। यो कार्यक्रम अब अर्को बर्षमा गरिनेछ।

पाकिस्तानमा पुर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएका मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ। उनलाई अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो ।   सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो 'शो' लिएर जाँदै थिए । जसमा मिका सिंह पनि सहभागी हुने थिए । उक्त कुराको हल्ला चलेपछि संघले  सलमान खानले बलिउडमा काम गर्न नपाउने बताएको थियो ।

भारत सञ्चारमाध्यमका अनुसार , 'सलमानक यस कार्यक्रममा गायक कमल खानसँग पनि जाने कार्यक्रम थियो र बलिउड स्टार गायक मीका सिंह पनि उनीहरुसँगै सहभागी हुने थिए।'

सलमानका भाइ सोहेल खानको कम्पनिले उक्त शोहरु आयोजना गरेको थिए ।  चलचित्र मजदुर संघले मिकालाई प्रतिबन्ध लागेको अवस्थामा जो कोहीले उनीसँग काम गर्छ उ पनि प्रतिबन्धित हुने कुरा स्पष्ट पारेको थियो।

मिकालाई प्रतिबन्ध लागेपछि कुनै पनि कलाकार उनीसँग नजिकिएका छैनन्। मिकाले आफुले गल्ति गरेको स्विकारिसके पछि पनि उनको प्रतिबन्ध फुकुवा भएको छैन।

पाकिस्तानमा मीकाले कार्यक्रम गरेपछि उनले निर्मातासँग कुराकानी गरे पनि त्यो मामला भारतमा अहिलेसम्म सेलाएको छैन। सलमानको टीमले शो प्रतिक्रिया घातक हुनसक्ने भन्दै कार्यक्रम रद्द गरेको  छ।

सलमान अहिले 'दबंग ३' को सुटिंग गर्दैछन र त्यसपछि उनले' बिग बोस १३ 'मा काम सुरु गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ