arrow

काबेली ‘बि वान’ ‘काबेली करिडोर’को पूर्णतालाई पर्खंदै

logo
प्रकाशित २०७२ चैत २० शनिबार
Kabeli_Karidor.jpg.jpeg
पाँचथर। तराईमा चलेको आन्दोलन र भारतीय नाकाबन्दीको समेत पर्वाह नगरी आयोजना निर्माणलाई तीव्र पारेको काबेली ‘बि वान’ जलविद्युत् आयोजनाले यति बेला ‘काबेली करिडोर’को पूर्णतालाई पर्खिरहेको छ।
 
निर्माणाधीनमध्ये मेची अञ्चलकै ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सो आयोजनाले करिडोरको पूर्णतापछि मात्र विद्युत् उत्पादन सुरु गर्ने रणनीतिअनुसार निर्माण अघि बढाएको हो। अरुण कोलबी पावर लिमिटेडले निर्माण गर्दै गरेको २५ मेगावाटको काबेली ‘बि वान’ले आगामी २०७४ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी आयोजना अघि बढाएको हो।
 
पाँचथर र ताप्लेजुङको सिमानाबाट काबेली नदीमा निर्माणाधीन आयोजना काबेली करिडोरको पूर्णतामा सहयोग पुर्‍याउँदै निर्माण तीव्रताका साथ अघि बढेको छ। पाँचथरको थर्पु र ताप्लेजुङको थुम्बेदिन गाविसको सीमाबाट बग्ने इवा र काबेली नदीको दोभान नजिकैबाट ब्यारेज निर्माण गरी पाँचथरतर्फ पानी फकाई चार मि व्यासको फलामे पाइप मार्फत चार हजार ८ सय मिटर लामो पानी बहने प्रणालीद्वारा नागी–९ जुठेभिरमा ट्यांक बनाई पानी खसालिनेछ। ट्यांकबाट तीन मिटर व्यासको फलामे पाइपबाट ३ सय ६३ मिटर तल टर्वाइनमा पानीले हिर्काई विद्युत् उत्पादन गरिनेछ।
 
उक्त टर्बाइनमा ३५ हजार लिटर पानी प्रतिसेकेन्ड झर्नेछ। चार अर्ब लगानीमा सुरु भएको आयोजनाको ७० प्रतिशत लगानी नेपाल इन्भेस्टमेन्ट बैंक सहित विभिन्न वित्तीय संस्थाले व्यहोरेका छन् भने बाँकी लगानी आयोजना निर्माण कम्पनीले गर्नेछ। झन्डै १५ करोड लगानी पाँचथरवासीबाट हुनेछ। यसका लागि निकट भविष्यमा सेयर आह्वान गर्ने तयारी भइरहेको अरुण कोलबी पावर लिमिटेडले जनाएको छ।
 
आयोजनाबाट उत्पादित विद्युत्ले समग्र देशको विद्युत्भार कटौतीमा साढे दुई घन्टा भार थाम्ने आयोजनाका प्राविधिक प्रमुख हस्तमान राईले बताए। करिब ४ सय भन्दा बढी रोपनी क्षेत्रफलमा फैलिएको आयोजनाले पाँचथरको नागी र थूपू गाविसमा मात्रै करिब रु छ करोडमा जग्गा खरिदमा खर्चेको जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ