arrow

मोरङ १ को कांग्रेस प्रदेश सभापतिमा कोइराला र थापा चयन

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
nc-morang-1.jpg

उर्लावारी। नेपाली कांग्रेसले मोरङको क्षेत्र नं १ अन्तरगत प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रादेशिक क्षेत्रीय समिति गठन गरेको छ। 

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापति खड्ग फागोका उपस्थितिमा प्रदेशका दुई वटा क्षेत्रमा समिति गठन गरिएको हो ।

मोरङ १ ख को क्षेत्रीय सभापतिमा ईश्वरी कोइराला चयन भएका छन्। यस्तै उप सभापतिमा नरबहादुर लिम्बू र पवित्रा पौडेल,सचिवमा मनोज खड्का र वालकुमार चेम्जोङ,सह सचिवमा राजकुमार राई र प्रेमकुमार खड्का चयन हुनु भए।

सदस्यहरूमा कृष्ण सापकोटा,भीम बजी,घनश्याम थापा,कमल खड्का चयन भएका छन्। यसैगरी सदस्यहरूमा पुजन मगर,भोला काजी चाम्लिङ,सीता लोहार,याम श्रेष्ठ र बालकु्मार खान ठकुरी सर्वसम्मत चयन भए।

मोरङ १ क को सभापतिमा प्रकाश थापा चयन भएका छन्। कार्य समितिको उप सभापतिमा वाजाहाङ राई र भानुभक्त लुइटेल, सचिवमा उत्तम खड्गी र टंकनाथ दाहाल, कोषाध्यक्षमा इन्दु कार्की र सह सचिवमा गोपाल बस्नेत,सीता लामीछाने चयन भएका छन्। 

कार्य समितिको सदस्यहरूमा जीवन पोमू, कमल तामाङ, प्रकाश श्रेष्ठ, सरोज खड्का, बबी राई, सुभाष भण्डारी, चन्द्रमाया मगर, धुर्वचन्द्र पराजुली छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ