- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विश्वकप छनोट खेलमा कुवेतसँगको निराशाजनक हार भुल्दै नेपालले दोस्रो खेलको तयारी गरेको छ। चाईनिज ताईपेइसँग स्थानीय रंगशालामा नेपालले भिड्दैछ।
ताईपेईसँग नेपालले यसअघिको खेलमा १-१ गोलको बराबरी नतिजा निकालेको थियो। मैत्रीपुर्ण लमा बराबरी हुनु र विश्वकप छनोटको खेल फरक हुने नै छ । तर नेपालले संभावना भने जिवित नै रहेको छ।
चाईनिज ताईपेई नेपाल भन्दा माथिल्लो स्तरको टोली भए पनि खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ। कुवेतसँग भएका कमजोरीहरु नदोहोरिने प्रशिक्षक योहान कालिनले बताएका छन्। कुवेतसँग नेपाल ७-०ले पराजित भएको थियो।
विश्वकप छनोटमा नेपालले अंक जोड्ने यो राम्रो मौका रहेको छ ।