arrow

परिक्षा केन्द्र नै गलत दिएपछि प्रधानाध्यापकलाई समातेर विद्यार्थीले लगाए ताला

क्षतिपूर्ति सहित प्रअको राजीनामा माग गर्दै विद्यालयमा ताला

logo
जीवन शर्मा,
प्रकाशित २०७६ भदौ २४ मंगलबार
teacher1.png

ओखलढुंगा । प्रधानाध्यापकले नै परिक्षा दिनबाट बञ्चित गराएको भन्दै सिद्धिचरण नगरपालिका १० स्थिति पुण्यमाता बेतिनीका प्रधानाध्यापक विरुद्ध विद्यार्थी र अभिभावकले क्षेतिपूर्ति सहित राजीनामाको माग गरेका छन् ।

 प्रधानाध्यापक खडानन्द खतिवडाले परिक्षार्थीहरुलाई परिक्षा केन्द्रको विवरण झुटो दिएर परिक्षा बाट बञ्चित गराएको भन्दै विद्यार्थले प्रअ सहित थुनेर २३ गते विद्यालयमा ताला लगाएका हुन् ।

प्रअ खडानन्द खतिवडाले कक्षा १२ को मौका परिक्षा दिने ११ विद्यार्थीलाई परिक्षा केन्द्र नै गलत दिएपछि विद्यार्थीहरु परिक्षाबाट बञ्चित भएकाले त्यसको क्षतिपूर्ति सहित प्रअले राजीनामा दिनु पर्ने विद्यार्थी र सम्बद्ध अभिभावकले माग गरेका हुन्

गत भाद्र २२ गते हुने कक्षा १२ को मौका परिक्षा दिने विद्यार्थीहरुले विद्यालयमा प्रवेश पत्र लिन जाँदा प्रधानाध्यापक खतिवडाले ओखलढुंगा सदरमुकामस्थित सगरमाथा जनता माविमा परिक्षा केन्द्र तोकेको जानकारी गराएपछि विद्यार्थीहरु परिक्षा दिन ढुक्कसंग सोही विद्यालय गए । तर त्याहा उनिहरुको परिक्षा केन्द्र नभएको विद्यालय प्रशासनले बताएपछि विद्यार्थीहरुमा ठुलो तनाव भयो । ‘आफ्नो विद्यालयमा हामीले परिक्षा केन्द्रका बारेमा बुझ्दा प्र अ खतिवडाले सगरमाथा जनता माविमा जानु भन्नु  भयो ।’ विद्यार्थी सरस्वती परियारले भनिन्, ‘परिक्षा केन्द्र पुगेर सिम्वोल नम्बर खोज्दा नभेटेपछि सुपरिडेन्डेन संग कुरा गर्दा तिमिहरुको परिक्षा केन्द्र रुम्जाटार पो हो त भन्नुभयो, हामी त विचल्लीमा पर्यौ ।’

त्यस पछि परिक्षा दिन गाडी रिजर्भ गरेर विद्यार्थीहरु रुम्जाटार गए । रुम्जाटार मावि रुम्जाटार पुग्दा परिक्षाको समय आधा वितिसकेको थियो । अभिभावक जिवनाथ धमला भन्छन, ढिलै भएपनि परिक्षामा सामेल त भएर तर उनिहरुले केही लेख्न सकेनन् । गलत परिक्षा केन्द्र देखाएर विद्यार्थीमा ठुलो खेलवाड गर्ने प्रधानाध्यापक खतिवडा लाई परिक्षर्थीहरुले क्षतिपूर्ति सहित राजीनामाको माग गरेका छन् । उनले भने, ‘विद्यार्थी सहित विद्यालयका सम्पूर्ण अभिभावकले २३ गते विद्यालयमा ताला लगाउन खोज्दा प्रअ खतिवडा र कर्मचारी नरेन्द्र धमला बाहिर ननिश्किएपछि विद्यार्थीले भित्रै थुनेका थिए ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ