arrow

एनसेल लाभकरमा न्यायाधीशलाई महाभियोग लगाउन माग

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
parliament_of_nepal.png

काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । 

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे।   
सांसद विमला नेपालीले महँगी  र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा  सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरे ।

 सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताए भने  महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गरे । 

सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गरे ।

सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ