arrow

एसिड आक्रमणका घटनाको विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
tejab.JPG

काठमाडौं ।  विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरे । सांसदले सिरहा र सप्तरीलगायत देशका विभिन्न स्थानमा किशोरी र महिलामा तेजाब आक्रमण बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्दै सुरक्षाको माग गरे ।
 
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद पुष्पाकुमारी कर्णले यही भदौ २० गते वीरगञ्जमा एक किशोरीमाथि आक्रमण गर्ने दोषीलाई कडा कारवाही गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले पछिल्लो समयमा पहिलामाथि हुने हिंसाका घटना झन्झन् बढ्दै गएकाले त्यसको अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरे । सांसद सुरेशचन्द्र दासले मुलुकका विभिन्न स्थानमा भएको हत्याहिंसा अन्त्य गर्दै दोषीमाथि कारवाही होस् भने ।

सांसद नवराज सिलवालले सामाजिक सञ्जालको दुरुपयोग र विकृति बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने माग गरे ।  जनताको सेवाको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। सांसद खगराज अधिकारीले भ्रष्टाचारको अन्त्य गर्दै गरीबी निवारणका लागि सरकार र प्रतिपक्ष दललागयत सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्छ भने । उनले एनसेलको लाभांश नेपाली जनाताले पाउनुपर्ने माग गरे ।

सांसद अनिलकुमार झाले तराईका विभिन्न स्थानमा आएको बाढीका कारण जनता आक्रान्त बनेकाले त्यसको ठोस र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद विमलप्रसाद श्रीवास्तवले भारतको काश्मीरमा भएको समस्याबारे नेपालले प्रष्ट धारणा राख्नुपर्छ ने। उनले पर्यटन वर्ष सफल बनाउनका लागि प्रवेशाज्ञा प्रक्रियालाई सहज र छरितो बनाउनुपर्नेमा जोड दिए।

 सांसद प्रेम सुवालले नेपालमा देखा परेको डेङ्गु रोगथामका लागि सरकारले चालेको कदमबारे सरकारको जवाफको माग गरे । सांसद पार्वता डिसी चौधरीले एनसेल प्रकरणबारे पछिल्लो पटक सर्वोच्च अदालतले गरेको फैसलापछि समग्र न्यायालयप्रति नै जनताको वितृष्णा फैलिएको छ भनिन् ।

  सांसद आशाकुमारी विकले भ्रमण वर्षको तयारीले सुदूरपश्चिमलाई किन छुन सकेको छैन  भन्दै सरकारलाई प्रश्न गरे । सांसद अभिषेकप्रताप शाहले कञ्चनपुर र कपिलवस्तुका किसान आन्दोलनमा रहेका बारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रङ्गमती शाहीले जुम्लाका स्याउले बजार नपाएका बारे सरकारको ध्यानाकर्षण गराए।  सांसद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ