arrow

शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा र ३२ एमपी सेल्फी क्यामेरा भएको मोवाइल सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
Mi-A3-Kind-of-Grey.jpg

काठमाडौं । शाओमीले मंगलबार एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३  सार्वजनिक गरेको छ । अघिल्लो मी ए२ , विश्वकै नम्बर एक एन्ड्रोइड स्मार्टफोन को सफलता पश्चात यस फोन सार्वजनिक गरिएको हो ।

एमआई ए३  मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन मी ए२ को कार्यात्मक पक्षलाई कायम राखेर मी ए३ मा नयाँ डिजाइन समावेश गरिएको छ । रु २३९९९ शुरुवाती मुल्य रहेको यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एएमओएलइडी सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै मी ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ