arrow

सहकारी दिवसमा हाम्राकुरा डटकमकर्मी सिग्देललाई सम्मान

logo
प्रकाशित २०७२ चैत २० शनिबार
shreekrishna-sahakari.jpg.jpeg
स्याङ्जा। सहकारी दिवसको अवसरमा नेपाल सरकारकी सामान्य प्रशासन मन्त्री रेखा शर्माले विभिन्न सहकारी र पत्रकारहरुलाई सम्मान गरेकी छन्। सहकारीका बारेमा कमल चलाएर सुसुचित गरेको भन्दै हाम्राकुरा डटकमकर्मी श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको हो। हाम्राकुरा डटकममा स्याङ्जाको सहकारीका बारेमा कलम चलाएको भन्दै सामान्य प्रशासन मन्त्री शर्माले स्याङ्जा सम्वाददाता सिग्देललाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेकी हुन्। प्रेस युनियन स्याङ्जाका अध्यक्ष समेत रहेका सिग्देललाई ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाबाट सहकारीले गरेका कामको वारेमा कलम चलाएको भन्दै सम्मान गरिएको थियो। आगामी दिनमा अझै जिल्लाको सहकारीका गतिविधिमा कलम चलाउन उर्जा मिलोस भन्दै जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालयले सिग्देललाई सम्मान गरेको हो। 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, नेश्नल को–अपरेटिभ एलाइन्सका सह–अध्यक्ष गोविन्द प्रसाद शर्मा, राष्ट्रिय सहकारी संघका संचालक दक्ष पौडेल, नेपाली कांग्रेस स्याङ्जाका सचिव कुमार राना, नेकपा (एमाले) स्याङ्जाका उपसचिव रामचन्द्र भट्टराई, एमाओवादीका जिल्ला अध्यक्ष शैलेन्द्र घिमिरेले अवको समाज विकासको आधार सहकारी रहेका धारणा व्यक्त गरे। 
 
त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, अखण्ड पार्टीका गोकुल अधीकारी, क्रान्तिकारी माओवादीका हुमबहादुर गुरुङ्, शुभलक्ष्मी बचत तथा ऋण सहकारीका लेखबहादुर केसी, सित भण्डार सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य राखेका थिए। डिभिजन सहकारी स्याङ्जाका प्रमुख फर्सुराम भट्टराईले कार्यक्रम माथि प्रकाश पारेका थिए। 
 
कार्यक्रममा कर्मचारीको तर्फबाट विष्णुप्रसाद ढकाल, जनउत्थान बहुउद्देसीय सहकारी टक्सारका मोतिलाल सुबेदी, शुभलक्ष्मी बचत तथा ऋण सहकारीका लेखबहादुर केसी र पुतलीवजार नगरपालिका–१३ मायाटारीमा रहेको प्रगति महिला विकास वचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो। राष्ट्रिय सहकारीको दिवसमा जिल्ला सदरमुकाम पुतलीबजारमा जिल्ला भित्र रहेका २३७ सहकारीले आफ्नो व्यानर सहित जार परिक्रमा गरेका थिए। डिभिजन सहकारी कार्यालयबाट निस्केको र्‍याली अभियानपथ, ट्रफिकचोक, हुलाकमार्ग, शहिद चोक हुदै सिटिहलमा पुगेर सभामा परिणत भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ