arrow

तपाई चिन्नुहुन्छ, तपाई को हो ?

आत्मज्ञानीले मात्र जान्दछन् म को हो, अरु मिथ्या

logo
गुरुशिष्य
प्रकाशित २०७६ भदौ २४ मंगलबार
who-am-i.jpg

काठमाडौं । एक व्यक्ति गुरु नानकदेव भएको ठाँउमा पुगेर भन्न थाले,' महाराज ! यो बताउनुस कि म आफ्नो जीवनमा, गुरु किन बनाउ? म आफै पढेर धेरै चिजहरुलाई जान्न सक्छु , म पढेर आत्माको बारेमा ज्ञान हासिल गर्न सक्छु र भन्न सक्छु कि म आत्मा हूँ म ब्रह्म हूँ- फेरी के आवश्यक छ कि म आफ्नो जीवनमा गुरु धारण गरु ?'

गुरु नानकले भने, 'बस, म यसको जबाफ केहि समयपछि दिन्छु ।' उनि बसे ।

केहिसमयपछि नानकदेवले उसलाई भने,' मेरो लागि थोरै पानी लिएर आउ ।' उनि उठे र एक गिलासमा पानी भरेर लिएर आए ।

गुरुले भने, 'मैले तिमिलाई केवल पानी मागेको थिए। गिलासलाई छोडर केवल पानीमात्र लिएर आउ ।'

उनि भन्न थाले, 'बिना गिलास पानी आउदैन, पानीलाई गिलासमा राखेर नै ल्याउन सकिन्छ ।'

तब गुरुले सम्झाए तत्त्वदर्शी सद्गुरु पनि हाम्रो जीवनमा गिलास जस्तै हुन् जस बिना हामी आत्मज्ञान रूपी पानीलाई प्राप्त गर्न सक्दैनो । यसैले भनियो..
गुरु बिन होय कि ज्ञान, ज्ञान कि होय बिराग बिनु।
गावहिं वेद पुराण, सुख कि लहहिं हरि भक्ति बिनु॥

बिना गुरुको ज्ञान हुन सक्दैन; बिना गुरु हामी भित्र जुन मल-विक्षेप-आवरणको पर्दा छ, अज्ञानको जुन पर्दा छ त्यो हट्दैन । त्यस अज्ञानको पर्दालाई हटाउनको लागि हामी एक ज्ञानी पुरुषको शरणमा जानु पर्नेछ। आज ठूला ठूला विश्वविद्यालय खुलेका छन्, विज्ञानको कति धेरै प्रगति भएको छ तर यती धेरै प्रगति र शिक्षाको प्रसार हुदा पनि हाम्रो वैदिक कालमा, प्राचीन कालमा जुन गुरु-शिष्यको परम्परा थियो, त्यो आज पनि विद्यमान छ। एक शिष्य, एक जिज्ञासु आत्माज्ञानको प्राप्तिको लागि एक ज्ञानी गुरुको शरणमा जान्छ यस परम्परालाई हामीले समाप्त गर्न सकेका छैनौ ।

ऐना बिना अनुहार देखिदैन  
गूरु नानकदेव भन्छन् हेर, भगवानले हामीलाई कति सुन्दर आँखा दिनुभएको छ जसले हामी ठूलठूला चमत्कार देख्छौ, सुन्दर भन्दा सुन्दर दृश्य देख्छौ । तर म सोध्छु के तिमि आफ्नो आँखबाट आफ्नो अनुहार देख्छौ ?'

ती व्यक्ति भन्छन्, 'देख्न सक्दिन, यसका लागि हामीलाई ऐनाको आवश्यकता पर्छ , जब ऐना हामी सामु हुन्छ तब हामी आफ्नो अनुहार देख्छौ।'

नानकदेव भन्नुहुन्छ, 'जस प्रकार आफ्नो अनुहार हेर्नको लागि, आफ्नो मुख नाकको बनावटको देख्नको लागि हामीलाई एक ऐनाको साहारा लिनुपर्छ, यसैप्रकार सन्तहरुले पनि भने कि भाई ! तिमिसँग देख्ने शक्ति छ, जान्ने क्षमता (Potential) छ, तर बिना ज्ञान, बिना तत्वदर्शी सदगुरु रूपी ऐना तिमि आफुले आफुलाई देख्न सक्दैनौ । आफुले आफुलाई जान्नको लागि तिमि अवश्य गुरु भएको ठाँउमा जानुपर्नेछ, महापुरुष रूपी ऐनालाई प्राप्त गर्नु पर्नेछ, सद्गुरुको शरणागत हुनुपर्नेछ।'

जब भगवान कृष्ण अर्जुनलाई आत्मज्ञानको उपदेश दिनुहुन्छ, आत्मदर्शन गराउनुहुन्छ तब यहि भन्नुहुन्छ कि मैले यस आत्मविद्याको ज्ञान कल्पको आदिमा वैवस्वत् सूर्यलाई दिएको थिए, विवस्वान्बाट मनु महाराजले यो विद्या प्राप्त गरे , मनुले राजा ईक्ष्वाकुलाई यो विद्या प्रदान गरे; त्यसपछि यो विद्या राजर्षिहरुमा  फैलियो तर त्यसपछि कालचक्रले यसको लोप भयो ।

जसरी, धूलो पर्नाले कुनै पनि चम्किलो वस्तु चम्किलो देखिदैन; ऐनामा अनुहार देखिदैन। यसै प्रकार यस आत्मामा मल-विक्षेप-आवरणको तह जमेको छ र जब यो तह हट्छ तब हामीलाई आफ्नो अनुहार साफ देख्न थालिन्छ, त्यो ज्ञानको प्रकाश हाम्रो जीवनमा चम्कन थाल्छ, हामीलाई त्यो आत्मतत्त्व देख्न थाल्छौ अर्थात हामी आफुले आफूलाई जान्न थाल्छौ । तर यो सबै तब संभव छ जब हामीलाई कुनै साचो सद्गुरुको संसर्ग मिल्नेछ ।

म को हूँ?
महर्षि दयानन्द, जसको नाम मूल शंकर थियो उनले धर्मशास्त्रहरुको, वेदहरुको धेरै अध्ययन गरे। एक दिन उनले सुने कि एक अन्धा व्यक्ति छन् । जो पूर्ण गुरु हुन् र जो उनलाई आत्माको ज्ञान प्रदान गर्न सक्छ । तब उनि स्वामी बिरजानन्द भएको ठाँउमा जान्छन् । रातको समय थियो , ढोका बन्द थियो । जब ढोका खटखटाए तब भित्रबाट आवाज आयो,'को हो ?' उनले भने, 'महाराज ! यदि मलाई यो थाहा हुन्थ्यो कि 'म को हूँ' तब म तपाईको ढोकामा आउने थिइन् । म यो जान्दिन की 'म को हूँ'  र यसकारण तपाईको चरणमा आएको छु कि तपाई मलाई बताई दिनुहोस कि वास्तवमा 'म को हूँ'।'

तब गुरु महाराजले उनलाई भित्र आउन आज्ञा दिए र पछि गुरु महाराजको सेवा गरेर उनले आत्मज्ञानको प्राप्ति गरे ।   

आज जब हामी आफ्नो शरीरलाई हेर्छौ तब भन्छौ यो हाम्रो शरीर जुन छ त्यो केवल हड्डि र मासुको एक पुतला हो । विज्ञानले पनि धेरै अनुसन्धान गरेर आफ्नो निष्कर्ष निकालेको छ । विज्ञानका अनुसार यसमा केहि रासायनिक पदार्थ (chemicals) छ र यसभित्र एक शक्तिशाली मोटर (motor) जोडिएको छ जसलाई मुटु भनिन्छ तथा हाम्रो मस्तिष्कलाई उनिहरुले एक कम्प्युटरको उपमा दिए जुन हाम्रो सम्पूर्ण शरीरका पाट पुर्जालाई नियन्त्रित गर्छ। यस प्रकार वैज्ञानिकहरुको दृष्टिकोणमा मनुष्य केवलमात्र एक मेशीन जस्तै हो जसमा अनेक प्रकारका पाटपुर्जा जोडिएका छन् ।

तर वास्तवमा मानिस जड पदार्थ मात्र होइन यद्यपि एक शक्तिको स्रोत हो जसलाई आत्मा भनिएको छ जुन यो भौतिक जगत भन्दा बाहिरको चीज हो, जसलाई पराभौतिक तत्व (paraphysical element) भनियो । यस पराभौतिक तत्वलाई जान्नको लागि हामी आध्यत्मिक पुरुषहरुको शरणमा जानुपर्नेछ जसले हामीलाई आत्मज्ञान प्रदान गरेर यो जनाइदिनेछन् कि बास्तवमा हामी के हौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ