arrow

जब अध्यारोमा श्रीमती प्रियंकालाई देखेर रोए निक

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
priyanka-nike.jpg

काठमाडौं ।  बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म 'द स्काई इज पिंक' को ट्रेलर हालसालै रिलीज भएको छ। फिल्ममा प्रियंकासँग फरहान अख्तर र जायरा वसीम पनि देखिएका छन् । यस फिल्मको ट्रेलरलाई दर्शकले धेरै मन पराएका छन् । एक अन्तर्वार्ताको क्रममा प्रियंकाले निक उनलाई देखेर रोइरहेको पनि बताइन्।

टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको अवसरमा, प्रियंकाले पीपुल्स डटकमलाई बताइन् कि उनको फिल्म द स्काई इज पिन्कको अन्तिम दृश्यले उनका पति निकलाई यत्ति भावुक बनायो कि उनी उनलाई देखेर रोए।

प्रियंका भन्छिन् फिल्मकी निर्देशक सोनाली बोसले शुटिंगको अन्तिम दिन आफ्ना पति निकलाई बोलाएका थिए। तर निक निर्धारित समय भन्दा पहिले शूटिंग सेटमा पुगेका थिए । यस समयमा एक शट चलिरहेको थियो।

प्रियंकाले बताइन् कि शोनालीका अनुसार अन्धकारमा हृदय छुन एक दृश्य सुट भइरहेको थियो । यस्तो अवस्थामा शूटको बीचमा उनले विलापको आवाज सुने । उनले पछाडि फर्केर हेर्दा निक उनको नजिकै उभिइरहेका थिए र प्रियंकालाई भावुक देखेर रोइरहेका थिए।

'द स्काई इज इज पिन्क' आयशा चौधरीको जीवनमा आधारित छ, जो १३ वर्षको उमेरमा पल्मोनरी फाइब्रोसिस रोगबाट पीडित भएपछि प्रेरक वक्ता बनिन् । यस फिल्ममा प्रियंका चोपडाले अदिति चौधरीको भूमिका खेलेकी छन्। फरहान अख्तर निरेन चौधरीको भूमिकामा छन। जायरा वसीमले यस दम्पतीको छोरीको भूमिका खेलेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ