arrow

अष्ट्रेलियामा बीपी कोईरालाको १०६औं जन्मजयन्ती मनाइदा चर्चा भने कांग्रेस संगठनकै

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
janasampark-australia.jpg

अष्ट्रेलिया। जननायक बीपी कोईरालाको १०६औं जन्मजयन्तिको अवसरमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए)ले भदौ २४ गते मंगलबारका दिन सिडनीमा एक कार्यक्रम गरेको छ। सिडनी अवस्थित ओबनमा रहेको नेपाली साईनो रेष्टुरेण्टमा साँझ ६ बजे देखि ९ बजेसम्म कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले बीपीका बिचार र उहाँले देखाउनु भएको बाटोलाई प्रसंसामा मात्र सिमित नगरी यथार्थ जीवनमा अपनाउन सके मात्र उहाँको बिचारको सम्मान गर्न सकिने बताए। गिरीले एकआपसमा सहकार्य गर्दै अबका दिन संगठन निर्माणमा जुट्नु पर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङले स्वागत गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।जन्मजयन्ति मनाउने क्रममा संस्थाका संरक्षक प्रेम सापकोटा, ओएनएफका अध्यक्ष रमेश पाण्डेले कायक्रमको सफलताको शुभकामना दिए। पाण्डेले जनसम्पर्क समितिहरुका बिषयमा नेपाली कांग्रेसले गरेको निर्णयको संझना गर्दै बधाई ज्ञापन गरेका थिए। 

एनआरएनए आईसीसी पूर्व सचिब रन्जु वाग्ले, पूर्व डिआरसी निरज श्रेष्ठ, अन्तराष्ट्रिय झापाली समाज अध्यक्ष दीनेश पोखरेल, नेबिसंघका पूर्व बिद्यार्थी नेता राजु अधिकारी, नेपाली एकता समाज अध्यक्ष अजय राजबंशी, फ्रेण्ड्स अफ लिब्रलका नागेन्द्र अधिकारी, बिद्यार्थी नेता समित केसी लगायतले जननायक बीपी कोईराला लाई संझदै बीपीको योगदानको चर्चा गरेका थिए। 

कार्यक्रममा संस्थाका प्रवक्ता रोहित खड्का, सहमहामन्त्रि सुदिप मुडवरी, पब्लिक रिलेशन अफिसर राजेश केसी, नेपाली समुदायका उद्धब भट्ट, अर्जुन केसी, भिम सुब्बा, भिम बस्नेत कुसल केसी, रुपक मैनाली, सरोज पाण्डे, राजु गिरी, बिशाल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसको नीति अनुरुप दोश्रो जागरण अभियान बीपीको १०६ औं जन्म जयन्तिको अवसर पारेर देश तथा बिदेशमा सुरुवात गरिएको हो। जागरण अभियानलाई सफल पार्न सेप्टेम्बरको अन्तिम हप्ता जनसम्पर्क समिति अष्ट्रेलियाले केन्द्रिय सदस्य डा डिला संग्रौलासंग अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी समेत गराएको छ।

कार्यक्रममा पोखरामा उपचारार्थ नेपाली कांग्रेस कास्की जिल्ला सभापति कृष्ण बहादुर केसीको स्वास्थ्यलाभको कामना गर्दै संस्थाका तर्फबाट बिज्ञप्ति पढेर सुनाईएको संस्थाका प्रवक्ता रोहित खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ