arrow

क्यान सुनसरीमा बाँस्तोला, सबैलाई समेटेर अघि बढने दाबी

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
can-sunsari.jpg

ईटहरी । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) सुनसरीको दुई दिनअघि सम्पन्न निर्बाचनपछि धरानलाई समेत समेटेर अघि बढने नवनिर्वाचित अध्यक्ष बिशाल बास्तोलाले बताएका छन  ।

सर्बसम्मत रुपमा कार्यसमितिका पदाधिकारीहरु चयन भएको र अझ क्यानलाई निष्पक्ष बनाउन सबै क्षेत्रलाई समेटेर अघि बढने तयारी भएको समेत उनले बताएका छन । यही भाद्र २१ गते शुरु भएको अधिबेशन  २३ गते सम्पन्न भएको थियो ।

क्यान सुनसरीमा ७२ साधारण सदस्य र ३७ सदस्य मतदाता थिए  । समितिको उपाध्यक्षमा खड्गप्रसाद ओझा, टिकाराम न्यौपाने सचिव, सुरेशचन्द्र दाहाल सहसचिब  र महेन्द्र गुरगाँइ कोषाध्यक्ष चयन भएका छन् । अनिश भट्टराई र दीपनारायण यादव सदस्य भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ