arrow

कृषकलाई राष्ट्रपति पुरस्कार

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ चैत २१ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। पशुपालन क्षेत्रमा महत्वपुर्ण योग्दान पुरयाएको भन्दै जिल्लाका कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरुस्कार प्रदान गरिएको छ। शनिबार फिदिममा आयोजित एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले उक्त पुरुस्कार राशी र कदरपत्र प्रदान गरेका थिए।
 
लोपोन्मुख चौरी पालनतर्फ फालेलुङका चौरी पालन तथा दुग्ध उत्पादन सहकारीका कृषक लाल चन्द्र नेपाल, अण्डा उत्पादनमा पाथिभरा पोल्ट्र हाउसकी सञ्चालीका टीका देवी पाठक र देउराली गाइ फर्मकी लक्ष्मी रिमाललाई नगद दश हजार रुपैया सहित कदर पत्र प्रदान गरिएको हो।
 
पुरस्कार वितरण पछि कार्यक्रममा वोल्दै प्रजिअ घिमिरेले स्वदेशमै पनि गरे जे पनि हुन्छ भन्ने गतिलो उदाहरण बनेका यी कृषक बाट अरु वेरोजगार यूवाले पाठ सिक्नुपर्ने वताए। कार्यक्रममा स्थानिय राजनितीक दल,सरकारी,गैरसकारी कार्यालय संघ संस्था संचारकर्मी लगायतको सहभागिता रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ